धादिङ,१९ जेठ ।
नेपालले भारतलाई फेरि बिजुली बेच्न थालेको छ । केही समयअघि भारतबाट बिजुली नपाएर औद्योगिक ग्राहकको लाइन काटेको प्राधिकरणले गएरातिबाट भारतलाई फेरि बिजुली बेच्न थालेको हो ।
प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले ३९ मेगावाट बिजुली ‘इन्डियन इनर्जी एक्स्चेन्ज’ (आईईएक्स) मा भारतलाई बेचिएको जानकारी दिनुभयो । उहाँका अनुसार गएरातिबाट त्रिशुली र देवीघाट जलविद्युत् आयोजनाको बिजुली भारत निर्यात हुन थालेको छ ।
सबै सेवा शुल्कहरू घटाएर प्रतियुनिट औसत भारतीय ६ रुपैयाँ २८ पैसामा बिजुली बेचिएको छ । यो सोझै प्राधिकरणको खातामा आउने रकम भएको पनि उहाँले बताउनुभयो । नेपालले गत वर्ष कात्तिक १७ गतेबाट ‘डे अहेड मार्केट’को अवधारणामा आईईएक्समा बिजुली बेच्न थालेको थियो ।
२४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट आयोजनाबाट करिब १ महिना नेपालले भारतमा बिजुली बेचेको थियो । वर्षायाममा नेपालको बिजुली देशभित्र खपत हुने अवस्था नभए पनि हिउँदमा भने भारतबाटै आयात गर्नुपर्ने अवस्था छ ।भारतले हालसम्म नेपालका २ वटा आयोजनाको मात्रै बिजुली किन्नका लागि स्वीकृति दिएको छ ।
तर, नेपालले भने विभिन्न ८ वटा आयोजनाको बिजुली भारतमा बेच्नका लागि अनुमति मागिरहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |