तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,१९ जेठ।
स्थानीय सदस्यको निर्वाचन सम्पन्न भएपनि हाल स्थानीय तह कार्यपालिकाको निर्वाचन चलिरहेको छ ।
स्थानीय तहका सदस्यको निर्वाचनमा राजनीतिक दलहरुविचमा एक प्रकारको सहमतिका साथ गठबन्धन गरेर निर्वाचन गरिएको भएपनि हाल कार्यपालिकाको निर्वाचनको क्रममा भने विगतको तुलनामा फरक खालको परिणामहरु निस्किरहेका छन् । स्थानीय तहको निर्वाचनको परिणाम निकाल्न राजनितिक दलहरुले जुन प्रकारको गृहकार्य गरिरहेका थिए ।
सदस्य निर्वाचन पछि पूर्वावस्थाको जस्तो गृहकार्य गरिरहेको पाइएको छैन । केही स्थानीय तहमा कार्यपालिका सदस्यमा मतदानको क्रममा मत क्रम हुने सम्भावनाका कारण निर्वाचित सदस्यहरुलाई दलको निगरानीमा राखिएको भए पनि कार्यपालिका निर्वाचनको क्रममा मत क्रम भैरहेको पाइएको छ । यसले सबैजसो राजनीतिक दलहरुले आफ्नो माउ पार्टीको निर्णय समेत नमान्ने अवस्था सृजना भएको अनुमान गर्न सकिन्छ । अराजकताले दलहरुमा अहित गर्ने कुरामा कसैसँग विमती छैन ।
अहिलेसम्मको स्थितिलाई हेर्ने हो भने धेरैजसो स्थानीय निकायका सदस्यहरुले आ–आफ्नै शैलीमा आफ्नै आवश्यकताको आधारमा तालमेल गरेर निर्वाचनमा सहभागी भएको पाइएको छ ।
अहिले कार्यपालिकाको निर्वाचनमा धेरैजसो निर्वाचित सदस्यहरुले दलको कुरा नसुनेर आफ्नै तरिकाले चल्नुले दलहरु प्रति आफ्नै सदस्यहरुको समेत विमति रहेको वा दलको निर्णय आफ्नै कार्यकर्ताहरु सम्मले पनि नमानेको बुझ्न सकिन्छ । जुन पछिल्लो समय स्थानीय तहको कार्यपालिकाको निर्वाचन प्रक्रिया पछिको मत परिणामले देखाउँदैछ ।
अहिले राजनीतिक दलहरुप्रति एक आपसमै एकले अर्कालाई अविश्वास गर्ने प्रचलन बढेको छ । केही नेता कार्यकर्ताप्रति शंका लागे सामाजिक सञ्जालहरुबाट छरपष्ट पारिदिने र एकले अर्कालाई खुइल्याउने काम गर्ने, एकले अर्कालाई तुच्छ शैलीको भाषाहरु प्रयोग गरेर खुइल्याउने र आफुमात्र अव्वल वा पार्टीप्रति इमान्दार देखाउन अनेक खालका हर्कतहरु गर्ने गरेका कारण पनि एउटै पार्टी कमिटीबाट निर्वाचित भएकाहरुमै एक अर्कामा अविश्वास पैदा हुने र अन्ततः निर्णायक ठाउँहरुमा हुने मतदानमा एक अर्काविचमा मत क्रस गर्ने खालको प्रवृत्ति बढेको छ ।
यो सिंगो राजनीतिक दलहरुलाई चुनौतीको विषय हो । दलको तर्फबाट निर्वाचित भएकाहरुको बहुमत हुँदा हुँदै भोटिङको क्रममा मत क्रस हुने र अल्पमतमा रहेको राजनीतिक दलका नेता कार्यकर्ताले धेरै मत ल्याउने जस्तो जुन खालको गतिविधिहरु देखिएको छ यसको आन्तरिक व्यवस्थापनमा दलहरुले ध्यान दिन सक्लान् ? कि यो प्रवृत्ति बढेर जाने स्थिति छ ? यसमा दलका शिर्षस्थ नेतृत्वबाटै ध्यान दिन जरुरी छ नत्र, आगामी निर्वाचनमा दलका नेता कार्यकर्ताहरुले कहाँ मत देलान् अनुमान गर्न गाह्रो हुन्छ ।
अहिले राजनीतिक दलहरुले मेरो पार्टीमा सदस्यता यति छ यति भोट आउँछ भनेर जसरी भाषण गरिरहेका छन् यसको पनि अन्त्य हुने धेरै दिन नलाग्न सक्छ। यसर्थ सकेसम्म आफ्नो दलमा आवद्धता संख्या कति छ दलकै निर्णयानुसार चल्न मत जाहेर गर्न र नीति सिद्धान्त र अदर्श तथा दर्शनलाई आत्मसाथ गर्न सक्ने गरी दिशा निर्देश गर्न जरुरी छ ।
अहिलेकै स्थिति रहिरहे दलहरुमै भद्रगोलता निम्तन सक्छ,यसले विस्तारै दलभित्र रहेको प्रतिबद्ध कार्यकर्तासम्म रोगकै रुपमा विकास हुन सक्छ यो अबस्था दलहरुले विघटनसम्मको बाटोसम्म अंगाल्नुपर्ने स्थिति पनि आउन सक्छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |