Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ६, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

गठबन्धन – ओली फुटाउने र देउवा–प्रचण्ड झन मजबुत बनाउने प्रयासमा

नीलकण्ठ एफ.एम ११३७ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १७, मंगलबार (४ साल अघि)
गठबन्धन – ओली फुटाउने र देउवा–प्रचण्ड झन मजबुत बनाउने प्रयासमा

काठमाडौं, १७ जेठ। 

स्थानीय तह निर्वाचनको परिणाम अपेक्षा गरेजस्तो नआएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन फुटाउने प्रयास गरिरहेको विवरण सार्वजनिक भइरहेका छन् ।

११ जेठमा ओलीले गठबन्धनका एउटा घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए । उक्त भेटपछि एमाले–जसपा सहकार्यको चर्चा चल्न थालेको छ ।एमाले उपमहासचिव प्रदीप ज्ञवाली भने अहिल्यै एमाले–जसपा सहकार्य गर्नेबारे कुनै प्रगति नभएको बताउँछन् ।

‘राजनीतिक दलका नेताहरूबीच छलफल नहुनु नराम्रो होइन’, उनले  भने, ‘तर, राजनीतिक एजेन्डाकेन्द्रित छलफल भएको छैन । सहकार्य गर्नेबारे निष्कर्ष निस्किसकेको अवस्था पनि छैन ।’यादव गठबन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सँग असन्तुष्ट छन् ।

असन्तुष्ट रहेकै बेला अध्यक्ष ओलीले यादवसँग भेटवार्ता गर्नुलाई गठबन्धनका अन्य घटकहरूले शंकाको रूपमा हेरेका थिए ।तर, यादव आफैं सहभागी भएको गठबन्धनको सोमबारको बैठकले जिल्ला समन्वय समिति (जिसस) र गठन गर्न बाँकी रहेका गाउँ/नगर कार्यपालिका सदस्य निर्वाचनमा तालमेल गर्न प्रदेशहरूलाई निर्देशन दिएको छ ।

निर्देशन दिने यो निर्णयलाई कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ले गठबन्धनलाई अझ मजबुत बनाउन चाहेको रूपमा कतिपयले अथ्र्याएका छन् ।

देउवा निकट कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले गठबन्धन दलहरू शंकाबीच आगामी प्रदेश र सङ्‍घीय निर्वाचनमा सँगै हुने बताए । यद्यपि, एमालेले गठबन्धन पहिलेदेखि फुटाउन खोजेको र फुटाउने प्रयास जारी राख्नुलाई अस्वभाविक मान्‍न नहुने उनको धारणा छ ।

‘स्थानीय तह निर्वाचनमा छिटपुट ठाउँमा बाहेक राम्रो नजिता आयो । अब गाउँ//नगर र जिसस निर्वाचनमा पनि तालमेल गर्ने क्रममा छौँ’, आङ्देम्बेले भने, ‘हामी अब प्रदेश र सङ्‍घीय निर्वाचनमा तालमेल गर्छौं ।’उनले ओली र यादवको भेटलाई सामान्य रूपमा लिनुपर्ने बताए ।

‘निर्वाचनले एमाले कमजोर भएको छ । यस्तो अवस्थामा सहकार्यका लागि आग्रह गर्ने त भइहाल्छ नि । कांग्रेस, एमालेकै हालतमा भए कांग्रेसले पनि अन्य दलसँग सहकार्यको प्रस्ताव राख्नसक्थ्यो । त्यही भएर ओलीजी र उपेन्द्रजीको भेट ठूलो कुरा होइन’, उनले भने, ‘यदि अगल भए त घाटा जसपलाई नै हुन्छ ।’

गठबन्धनको अर्को घटक माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने एमाले–जसपा सहकार्य सम्भव नभएको बताएका छन् । उनका अनुसार गठबन्धन आगामी प्रदेश र सङ्‍घीय निर्वाचनसम्मै जान्छ ।  तर, यदि, जसपा अलग भए, सत्ता गठबन्धन भने नढल्ने बताए ।

‘संविधान, लोकतन्त्र र गणतन्त्रजस्ता राजनीतिक उपलब्धि रक्षा गर्न यो गठबन्धन बनेको हो’, गजुरेलले भने, ‘उपेन्द्रजीको पार्टी अलग हुँदैन । हिजो भएको निर्णयले पनि त्यसको पुष्टि गर्छ । तर, यदि अलग भयो भने पनि सत्ता गठबन्धन भने ढल्दैन ।’

यादव असन्तुष्ट हुनुको एउटा कारण, विराटनगर महानगरपालिकाको उपप्रमुख पदमा गठबन्धनको तर्फबाट उम्मेदवार भएका छोरा अमरेन्द्र पराजित हुनु हो ।अर्को कारण, मधेस प्रदेशको जनकपुर उपमहानगरपालिकामा पनि उनको पार्टीका उम्मेदवार लालकिशोर साह पराजित हुनु हो ।

अध्यक्ष यादव यी दुई स्थानीय तहको परिणामलाई लिएर असन्तुष्ट भएका बेला एमाले अध्यक्ष ओली भेट्न गएका थिए । जसपा उपाध्यक्ष रकम चेम्जोङले ओलीले आगामी निर्वाचनहरूमा सहकार्यको प्रस्ताव अध्यक्ष यादवसँग राखेको बताए ।

यद्यपि, यादव असहमत भएको र दुवै तहको निर्वाचनमा गठबन्धन दलहरूबीच नै तालमेल हुने उनको भनाइ छ । ‘निर्वाचनबाट कमजोर बनेको छ । बालुवाटारदेखि बालकोट पुग्नुपरेको छ । यस्तो अवस्थामा सहकार्य गरौँ भनेका हुन्’, उनले भने, तर, सहकार्य हुँदैन ।’

एमाले अध्यक्ष ओलीले ‘१७ असार’लाई गठबन्धन टुट्ने मिति भएको पटक–पटक भन्दै आएका छन् । कहिले त उनी एमालेले चाहेको चुट्की भरमा गठबन्धन फुट्ने पनि बताउने गरेका छन् ।

गठबन्धनकै कारण अघिल्लो पटक पहिलो बनेको एमाले दोस्रो हुन पुगेको ओली विश्लेषण छ ।  तर, गठबन्धन दलहरू एमालेविरुद्ध मजबुत तालमेलको तयारीमा छन् । सोमबारको निर्णयले त्यसकै सङ्‍केत गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

  • नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • समाचार
    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0