काठमाडौं, ८ जेठ ।
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म देशभर ३३ हजार ६१५ जना जनप्रतिनिधिहरु निर्वाचित भइसकेका छन् । अब १ हजार ६०६ जना जनप्रतिनिधि निर्वाचित भएको घोषणा हुन बाँकी रहेको छ ।
वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा ३५ हजार २२१ पदको लागि निर्वाचन भएको थियो । निर्वाचनमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यको लागि १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।
आयोगको पछिल्लो मतपरिणामको तथ्याङ्क अनुसार स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । त्यसपछि नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवारले जितेका छन् ।
कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका १३ हजार २०० सय उम्मेदवार विभिन्न पदमा निर्वाचित भइसकेका छन् । प्रमुखमा १२७, अध्यक्षमा १८६, उपप्रमुखमा १००, उपाध्यक्षमा १९०, वडा अध्यक्षमा २ हजार ५५०, महिला सदस्यमा २ हजार ५०६, दलित महिला सदस्यमा २ हजार ४५२ र सदस्यमा ५ हजार ८९ जना कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।
कांग्रेसपछि दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । आयोगका अनुसार विभिन्न पदमा हालसम्म एमालेका ११ हजार ३८० जना उम्मेदवार विजयी बनेका छन् ।
विजयी हुने एमाले उम्मेदवारमा प्रमुख पदमा ६९, अध्यक्षमा १२१, उप्रमुखमा ९२, उपाध्यक्षमा १२२, वडा अध्यक्षमा २ हजार ४९, महिला सदस्यमा २ हजार २४१, दलित महिला सदस्यमा २ हजार ४५२ र सदस्यमा ४ हजार ४९६ जना रहेका छन् ।
माओवादीका हालसम्म ४ हजार ९३० जना उम्मेदवार विजयी बनेका छन् । प्रमुखमा २४, अध्यक्षमा ९६, उपप्रमुखमा ३२, उपाध्यक्षमा ९५, वडा अध्यक्षमा १ हजार ३०, महिला सदस्यमा ९४०, दलित महिला सदस्यमा ९४९ र सदस्यमा १ हजार ७६४ जना माओवादी उम्मेदवारले जित निकालेका छन् ।
जसपा नेपालका ३ हजार ३९१ जना उम्मेदवारले जितेको आयोगले जनाएको छ । यीमध्ये अध्यक्षमा २०, उपप्रमुखमा ११, उपाध्यक्षमा १८, वडा अध्यक्षमा २७३, महिला सदस्यमा २७४, दलित महिला सदस्यमा २७२ र सदस्यमा ५४६ जनाले जित निकालेका हुन् ।
आयोगका अनुसार हालसम्म अन्य साना दल र स्वतन्त्र उम्मेदवारी दिने २ हजार ६९१ जना विजयी बनेका छन् । अन्य दल र स्वतन्त्रका २७ जनाले प्रमुखमा, २९ जनाले अध्यक्षमा, २० जनाले उपप्रमुखमा, २७ जनाले उपाध्यक्षमा, ५६२ जनाले वडा अध्यक्षमा, ५०० जनाले महिला सदस्यमा, ४८५ जनाले दलित महिला सदस्यमा र १ हजार ३२ जनाले सदस्यमा जितेका छन् ।

धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’








