नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ,२६ बैशाख ।
नेकपा एमालेले जिल्लाको बिभिन्न स्थानमा चुनाबी सभा सम्पन्न गरेको छ। मतदानगर्ने समय नजिकिँदै जिल्लाको बिभिन्न स्थानमा चुनाबी समा आयोजना गर्दै एमालेका उम्मेदवारले प्रतिवद्धतापत्रमा उल्लेख भएका कुरा ५ वर्ष भित्र पुरा गर्ने बताएका छन् ।
सोमबार सिद्धलेक गाउँपालिकाको वडा न.७ पिपलटारमा एमालेको चुनाबी सभा सम्पन्न भएको छ । कार्यक्रम नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार प्रेमनाथ सिलवाल, उपाध्यक्ष उम्मेदवार कमला शर्मा लगाएतले प्रतिवद्धतापत्रमा उल्लेख भएका कुरा ५ वर्ष भित्र पुरा गर्ने बताएका छन् ।

नेकपा एमालेका तर्फबाट गंगाजमुना गाउँपालिका अध्यक्ष उम्मेदवार भक्त लामीछाने, उपाध्यक्ष उम्मेदवार एञ्जीला तामाङ, नेकपा एमालेका नेता तथा गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारी लगायतले सभालाई सम्बोधन गर्दै पारदर्शी रुपमा विकासका योजनाहरु लागु गर्ने भएकोले सबैलाई सघाउन आग्रह गरिएको थियो । कार्यक्रममा साँस्कृतिक प्रस्तुती प्रदर्शन गरिएको थियो ।

धुवाकोटमा ¥याली
नेकपा एमालेले नीलकण्ठ नगरपालिका वडा नम्बर १४ मा मतदाता भेटघाट र ¥याली आयोजना गरेको छ । एमाले केन्द्रीय सदस्य खेम लोहनी, नीलकण्ठ नगरपालिका प्रमुखका उम्मेदवार गंगादेवि श्रेष्ठ, उपप्रमुख उम्मेदवार फन्द्रा तामाङ लगायतको उपस्थितिमा घरदैलो गरिएको धुवाकोटबाट नेत्रप्रसाद नेपालले बताउनुभयो ।
धुनीबेसी
धुनिबेसीमा सभा र ¥याली सम्पन्न भएको छ । नेकपा एमाले उम्मेदवारहरु प्रमुख पदका रामराजा पाण्डे र उपप्रमुखका मन्दिरा श्रेष्ठको सहभागितामा ¥याली सहित सभा आयोजना गरिएको थियो । कार्यक्रममा सहभागिहरुले जनताको मागको आधारमा एमालेले प्रतिवद्धता अनुसकार कामगर्ने बताउनुभएको छ ।


गजुरी
नेकपा एमालेले मतदाता भेटघाट कार्याक्रम संचालन गरेको छ । सबै वडामा वडा अध्यक्ष उम्मेदवारहरु टोलटोलमा पुगेर मतदाताहरुसंग भेटघाट भइरहको गजुरीबाट भुवन भण्डारीले बताउनुभएको छ । वडा वडामा मतदाताहरुले व्यवस्थीत विकासका लागि एमाले उम्मेदवारहरुसंग आग्रह गरेका छन् ।


गल्छी
गल्छी गाउँपालिकाको सबै वडामा एमाले वडा अध्यक्ष उम्मेदवारको सहभागितामा मतदाता भेटघाट भइरहेको छ ।
खानेपानी, सडक लाई व्यवस्थित गर्नुपर्ने, समानुपातिक विकास र गरिवले आम्दानी गर्न सक्ने विकास गर्न मतदाताहरुले एमाले उम्मेदवारहरुसंग माग गरेका छन् । एमाले उम्मेदवारहरु समक्ष राखिएको मागभन्दा बढी प्रतिवद्धता पत्रमा उल्लेख भएका सबै काम एमालेले गर्ने एमाले उम्मेदवारहरुले प्रतिवद्धता जनाएका छन् ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |