Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २९, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

२०३० सम्मको लागि स्वास्थ्य रणनीति ल्याउँदै स्वास्थ्य मन्त्रालय

नीलकण्ठ एफ.एम १२४१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २०, मंगलबार (४ साल अघि)
२०३० सम्मको लागि स्वास्थ्य रणनीति ल्याउँदै स्वास्थ्य मन्त्रालय

काठमाडौं,२० वैशाख

स्वास्थ्य मन्त्रालयले सन् २०३० सम्मका लागि स्वास्थ्य रणनीतिबारे छलफल थालेको छ । प्रारम्भिक मस्यौदा तयार पारेको मन्त्रालयले त्यसबारे छलफल थालेको हो ।

मन्त्रालयले रणनीतिका लागि ५ वटा रणनीतिक उद्देश्य तयार पारेको छ । जसमा स्वास्थ्य संघीय संरचना अनुरूप सबै स्वास्थ्य प्रणालीलाई उत्थानशील, उत्तरदायी र जबाफदेही बनाउने, स्वास्थ्य सेवाको उपभोग गर्दा नागरिकमा पर्ने वित्तीय जोखिम कम गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक र सहज पहुँच सुनिश्चित गर्ने र जनसंख्या, बसाइ सराइ र बढ्दो सहरीकरणको व्यवस्थापन गर्ने रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले ५ वटा रणनीतिलाई आधार मानेर सम्बन्धित पक्षसँग छलफल भइरहेको बताए । ‘पाँच वटा रणनीतिक उद्देश्य रहेका छन् । यसमा थपघट गर्न सकिन्छ । अहिले प्रारम्भिक चरणमै छ,’ उनले भने ।

सरकारले सन् २०३० सम्ममा विश्वव्यापी मातृ मृत्युदर हरेक एक लाख जीवित जन्ममा ७० भन्दा तल झार्ने लक्ष्य प्रारम्भिक मस्यौदामा उल्लेख छ। त्यस्तै सरकारी अस्पताल नभएको ठाउँमा निजी अस्पताल खोल्न दिने गरी योजना मस्यौदा बनेको छ । सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल सञ्चालन गरेको खण्डमा कर छुट दिइने उनको भनाइ छ ।

अबको रणनीति विगतको भन्दा फरक खालको हुनुपर्नेमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । ‘विगतमा अलि फरक थियो । अहिले प्राथमिकता र आवश्यकता पनि परिवर्तन भइसकेका छन् । त्यसैले हामीले अबको रणनीति फरक बनाउनुपर्छ,’ डा. पौडेलले भने ।

मन्त्रालयले स्वास्थ्य रणनीतिबारे सुझाव सल्लाहका लागि सार्वजनिक रूपमा आह्वान समेत गरेको छ । स्वास्थ्य मन्त्रालयको वेबसाइटमा गएर आफ्नो सुझाव लेख्न सकिने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिइन् । सरोकारवाला सबै निकाय तथा आम नागरिकबाट आएका सुझाव र सल्लाहका आधारमा स्वास्थ्य रणनीतिलाई अन्तिम रूप दिइने उनको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

  • धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

  • धादिङको ज्वालामुखी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा

    धादिङको ज्वालामुखी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा

  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

    धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

  • समाचार
    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङको ज्वालामुखी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा

    धादिङको ज्वालामुखी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा

    धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

    धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0