नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
काठमाडौं, १९ वैशाख ।
सेयर बजार (नेप्से)मा सोमबार एकै दिन ४८ अंकको गिरावट आएको छ । यो गिरावटसँगै नेप्से परिसूचक २३ सयको नजिक पुगेको छ । साताको दोस्रो कारोबार दिन सेयर बजार २.७ प्रतिशतले गिरावट आउँदा नेप्से २३ सय सात दशमलव ४५ अंकमा झरेको हो ।
बजारमा नेप्सेको सेन्सेटिभ इन्डेक्स ८ दशमलव ४५ अंकले घटेर चार सय ४१ अंकमा पुगेको छ । सोमबार नेप्सेमा अधिकांश कम्पनीले घाटा व्यहोरेका छन् । बजारमा ३९ लाख ७८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४२ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सेयर बजारमा दुई सय चार कम्पनीको सेयर घाटामा कारोबार हुँदा १८ कम्पनीका सेयरधनीले नाफा कमाए । नेप्सेमा सोमबार एक मात्र कम्पनी जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेर कारोबार भयो ।
जल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य एक सय १४ रुपैयाँ बढेर एक हजार दुई सय ५६ रुपैयाँ पुगेको छ । नेप्सेमा सबैभन्दा बढी लाइफ इन्स्योरेन्स सेक्टरमा तीन सय ४२ अंकको गिरावट आएको छ भने नन्लाइफ इन्स्योरेन्स सेक्टरमा दुई सय १८ अंकले गिरावट आएको छ । यस्तै होटल, म्यानुफ्यक्चर र डेभलपमेन्ट बैंक सेक्टरमा एक अंक बढीले घटेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |