Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २९, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल सञ्चालन हुन पाउने

नीलकण्ठ एफ.एम १४४२ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १९, सोमबार (४ साल अघि)
सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल सञ्चालन हुन पाउने

काठमाडौँ,  वैशाख १९।

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पार्न लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ मा सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता दिने उल्लेख गरिएको छ ।

मन्त्रालयले हाल रणनीतिको मस्यौदा तयार पारिरहेको मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्ने दिनेगरी मस्यौदा तयारी थालिएको हो ।

“अहिले सरकारी अस्पताल भएका ठाउँमा निजी छन् । निजी भएका ठाउँमा सरकारी पनि छन्”, उहाँले भन्नुभयो, “रणनीतिमा अब हामीले निजी अस्पताल खोल्दा सरकारी अस्पताल नभएको ठाउँमा मात्रै खोल्ने गरी व्यवस्था गर्दैछौँ ।”

उहाँले यसरी निजी अस्पतालले सरकारी अस्पताल नभएको ठाउँमा खोल्दा कर छुट दिने तथा सहुलियतसमेत दिइने बताउनुभयो । मन्त्रालयले प्रत्येक नागरिकको स्वास्थ्य अवस्थामा सुधार हुने लक्ष्यसहित रणनीति तयार गर्दैछ ।

स्वास्थ्य रणनीति तयार गर्न विभिन्न विज्ञ, सङ्घसङ्स्था र सेवाग्राहीसँग सुझाव सङ्कलन गरिरहेको छ । गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउने उद्देश्यका साथ रणनीति तयार पारिरहेको पौडेलले बताउनुभयो । उहाँका अनुसार हाल रणनीतिको मस्यौदा तयारी भइरहेको हो । आगामी साउनदेखि लागू हुनेगरी मस्यौदा बनाइरहेको उहाँको भनाइ छ ।

“अहिले हामी सुझाव सङ्कलनको चरणमा रहेका छौँ”, पौडेलले भन्नुभयो, “पूर्वस्वास्थ्यमन्त्री र स्वास्थ्य तथा शिक्षा समितिमा पनि रणनीतिकाबारेमा छलफल गर्नेछौँ ।” यस्तै सङ्घीय संरचनाअनुरुप सबै स्वास्थ्य प्रणालीलाई उत्थानशील, उत्तरदायी र जवाफदेही बनाइने, स्वास्थ्य क्षेत्रको उपयोग गर्दा नागरिकमा पर्ने खर्च जोखिम कम गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा समातामूलक र सहज पहुँच सुनिश्चित गर्ने, जनसङ्ख्या, बसाइँसराइ र बढ्दो शहरीकरण व्यवस्थापन गर्ने रणनीतिका उद्देश्य रहेका छन् ।

यस्तै महामारीभन्दा पनि अहिले नसर्ने रोग बढिरहेकाले रणनीतिमा नसर्ने रोगको रोकथाम र नियन्त्रणमा ध्यान दिइएको महाशाखाका प्रमुख डा पौडेलले बताउनुभयो । उहाँले रणनीतिमा स्वास्थ्यमा लगानी बढाइ गुणस्तर स्वास्थ्य सबैको पहुँचमा पु¥याउने आवश्यकतासमेत रहेको बताउनुभयो ।

“जनसङ्ख्यामा ज्येष्ठ नागरिकको बढ्दो अनुपात र कोभिड–१९ जस्ता अप्रत्याशित महामारी तथा स्वास्थ्य आपत्कालीन अवस्थाबाट सिर्जित स्वास्थ्य समस्यालाई पनि रणनीतिमा सम्बोधन गर्न स्वास्थ्यमा थप लगानीको आवश्यकता रहेको छ”, उहाँले भन्नुभयो ।

रणनीतिमा जनशक्तिको प्रक्षेपणअनुसार उत्पादन, स्वास्थ्य दक्ष जनशक्तिको परिचालन, स्वास्थ्य अनुशासन र पर्याप्त आर्थिक लगानीको सुनिश्चिता उल्लेख छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले नागरिकको स्वास्थ्यको गुणस्तर कसरी बनाउने भन्ने रणनीतिमा उल्लेख गरिएको बताउनुभयो । रणनीतिले सबै नागरिकको स्वास्थ्य सेवाको गुणस्तर ल्याउने बताउनुभयो ।–रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

  • धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

  • धादिङको ज्वालामुखी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा

    धादिङको ज्वालामुखी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा

  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

    धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

  • समाचार
    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङको ज्वालामुखी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा

    धादिङको ज्वालामुखी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा

    धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

    धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0