शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
काठमाडौं, १६ वैशाख
नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ आठ पैसा र बिक्री दर १२२ रुपैयाँ ६८ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ३७ पैसा र बिक्री दर १२९ रुपैयाँ मात्र छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ६४ पैसा र बिक्री दर १५३ रुपैयाँ ३९ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२५ रुपैयाँ ५३ पैसा र बिक्री दर १२६ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७४ पैसा र बिक्री दर ८७ रुपैयाँ १७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ तीन पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४९ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ३६ पैसा र बिक्री दर नौ रुपैयाँ ४१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४७ पैसा र बिक्री दर १८ रुपैयाँ ५६ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिद दर ३२ रुपैयाँ ५५ पैसा र बिक्री दर ३२ रुपैयाँ ७१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४७ पैसा र बिक्री दर ३३ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ५९ पैसा र बिक्री दर नौ रुपैयाँ ६४ पैसा कायम भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |