निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
काठमाडौं, १३ वैशाख ।

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार (नेप्से) मा १५ दशमलव २ अंककाे गिरावट भइ दुई हजार तीन सय ७१ मा कारोबार बन्द भएको छ । सेयर कारोबारसँगै कारोबार रकममा पनि गिरावट आएको छ।
आज एक अर्ब चार करोड बराबरको कारोबार भएको छ । यो कारोबार यस वर्षको सबैभन्दा कम कारोबार पनि हो । यसरी बजार घट्ने क्रममा कारोबार रकममा कमी आउनु लगानीकर्ता यो मूल्यभन्दा तल सेयर बेच्न तयार छैनन् भनेर बुझिन्छ।
आज दुई सय २८ वटा कम्पनीको २५ हजार सात सय ६६ वटा कारोबार हुँदा जम्मा एक अर्ब बराबरको कारोबार भएको छ । मंगलबार दुई सय २८ कम्पनीमध्ये एक सय ६५ कम्पनीका सेयरधनीले गुमाएका छन् भने ५७ कम्पनीका सेयरधनीले कमाएका छन् ।
आज अत्याधिक कमाउनेमध्ये धेरैजसो लघुवित्त कम्पनीका छन् । जसमध्ये जाल्पा लघुवित्तले भने सर्किट लेबलमा कारोबार गर्न सफल भएर अन्तिम कारोबार नौ सय ४४ दशमलव चार रुपैयाँमा कारोबार गर्न सफल भएको छ।
यसैगरी, ५२ रुपैयाँ बढेर किसान लघुवित्त एक हजार तीन सय ४७ स्पैयाँमा, २६ दशमलब सात रुपैयाँ बढेर ११९२ रुपैयाँमा, र साधारण लघुवित्त ४६ रुपैयाँ बढेर १२ सय २८ मा अन्तिम कारोबार भएको छ । सबै उपसमूह आज रातो हुँदा म्यानूफेक्चर इन्डेक्स भने सून्य दशमलव २९ प्रतिशतले बढेको छ ।
अत्याधिक गुमाउनेमध्ये हिमालयन पावर २४ रुपैयाँ घटेर चार सय २० मा, मल्टीपर्पस फाइनन्स १८ रुपैयाँ घटेर तीन सय ४० मा, यूनाइटेड इद मार्दी ३६ अंक घटेर आठ सय ५९ मा, महुली लघुवित्त ५० रुपैयाँ घटेर १२ सया ९० मा र सामुदायिक लघुवित्त ४६ रुपैयाँ घटेर १३ सय १० मा अन्तिम कारोबार भएको छ।
सर्वाधिक कारोबर हुनेमध्ये सिद्धर्थ बैंकको चार करोड २१ लाख बराबरको, अपीपाबर चार करोड ६ लाख बराबरको र नेस्डो लघुवित्त तीन करोड पाँच लाख बराबरको कारोबार भएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |