शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
धादिङ, २० जेठ
गंगाजमुना गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको स्वास्थ्य संयोजक दिपक अधिकारीले बताउनु भएको छ ।भौगोलिक विकटता भएपनि सबै क्षेत्रमा स्वास्थ्यको पहँच पु¥याउनको लागि आफु लागि रहेको बताउनु भएको छ । नीलकण्ठ एफ.एमबाट प्रसारण हुँदै आएको नीलकण्ठ संवादमा बोल्दै उहाँले अहिले सर्ने रोग भन्दा पनि नसर्ने रोगको कारण मानिसहरुको मृत्यु भएको बताउनु भएको छ । अस्वथ्य खानपान र अल्छिपनाको कारण मानिसहरुमा नसर्ने रोग बढेको भन्दै उहाँले स्वस्थ्य रहनको लागि आनिबानी परिवर्तन गर्नको लागि आग्रह गर्नुभयो ।
गंगाजमुना गाउँपालिकामा हाल पाँच वटा स्वास्थ्य चौकीहरु र चार वटा सामुदायिक स्वास्थ्य केन्द्र रहेका छन् ।चेतनाका हिसाबले पनि गँगाजमुना गाउँपालि धेरै पछाडी रहेको भन्दै चुनौती रहेको बताउनुभयो । गंगा जमुना गाउँपालिका गंगा र जमुना नाम गरेको दुई वटा झरना बाट रहन गएको भन्दै गाउँपालिकालाई पर्यटन क्षेत्रमा प्रबद्र्धन गर्न सकिने बताउनु भएको छ ।उहाँले जनताको सबै ठाउँमा स्वास्थ्यको पहुँच राम्रो होस भनेर हामीले पहुँच नपुगेको ठाउँमा संस्था पनि विस्तार गर्दै गएको बताउनुभयो । गाउँपालिकामा पहिला ५ वटा स्वास्थ्य चौकी र तीन वटा मात्रै सामुदायिक स्वास्थ्य एकाई पनि स्थानीय गाउँपालिकाले नै खर्च व्यहोर्ने गरि स्थापना भएर संचालनममा आईसकेको गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले बताउनुभयो । सुत्केरी कुरुवा घर बनाउने योजना भएको भन्दै उहाँले आगामी बर्ष भित्र काम सम्पन्न गरीसक्ने बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |