धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङ,३० चैत।
धादिङ अस्पताल फार्मेसीले अस्पतालमा उपचारात्मक सेवा लिन आउने सेवाग्राहीलाई औषधिमा १० प्रतिशत छुट दिइने भएको छ ।नयाँ वर्ष २०७९ साल बैशाख १ गतेबाट लागु हुने गरी अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई १० प्रतिशत छुट दिने भएको हो ।
धादिङ अस्पतालमा दैनिक उपचारात्मक सेवा लिन आउने सेवाग्राहीलाई थप लाभ पुग्ने भएकोले फार्मेसीबाट हाल उपलब्ध गराउँदै आएको ५ प्रतिशत छुट रकमलाई बैशाख १ देखि बढाएर १० प्रतिशत कायम गरिएको अस्पतालका नि.मेडिकल सुपरिटेन्डेन्ट डा.मधुकर दाहालले बताउनुभयो ।
साथै अस्पतालको अन्तरङग शाखामा एक हप्ता भित्र २५ बेड थप गरीने अस्पतालका सूुचना अधिकारी बिक्रम बि.कले जानकारी दिनुभयो । बिरामी चाप भएको समयमा सेवाग्राहीलाई थप सहज हुने भएकोले अन्तरङग शाखामा बेड थप गर्न लागिएको सूचना अधिकारी बि.कले बताउनुभयो ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |