वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ, ७ असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङमा सम्पन्न वडा अधिवेशनबाट जेनजी पुस्ताका युवाहरू पनि क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्। गल्छी गाउँपालिका–८ का १९ वर्षीय सरोज थापा र नीलकण्ठ नगरपालिका–५ का २१ वर्षीय नवीनराज ढुंगाना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन्। कम उमेरमै पार्टीको महत्त्वपूर्ण प्रतिनिधि तहमा निर्वाचित भएपछि दुवै युवा अहिले चर्चामा छन्। थापा र ढुंगाना विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका छन्।
नेपाली कांग्रेसले पार्टीको विधानमार्फत युवा पुस्तालाई राजनीतिमा सहभागी गराउने व्यवस्था गर्दै आएको छ। पछिल्लो समय राजनीतिक दलमा युवा पुस्ताको सहभागिता र नेतृत्वको विषयमा बहस भइरहेका बेला धादिङमा १९ र २१ वर्षका युवा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनुलाई नयाँ पुस्ताको राजनीतिक सहभागिताका रूपमा हेरिएको छ।धादिङका १०४ वटै वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न भइसकेको छ। वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिहरू अब गाउँ/नगर तथा क्षेत्रीय तहका अधिवेशनमा सहभागी हुनेछन्।
कांग्रेसको अधिवेशन प्रक्रियामा युवा पुस्ताको सहभागिता बढ्दै जाँदा पार्टीको आगामी नेतृत्व र सांगठनिक संरचनामा नयाँ पुस्ताको भूमिका कस्तो रहने भन्ने विषयसमेत चासोको विषय बनेको छ।१९ वर्षीय थापा र २१ वर्षीय ढुंगानाको क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित हुनु धादिङ कांग्रेसको अधिवेशनमा युवा पुस्ताको उपस्थितिको उल्लेखनीय उदाहरण बनेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |