वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ,७ असोज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ जिल्लामा असोज ७ गतेका लागि तय गरिएको गाउँ तथा नगर अधिवेशन एक दिन पछि सारिएको छ। प्राविधिक कारणले निर्धारित मितिमा अधिवेशन सम्पन्न गर्न सम्भव नदेखिएपछि अधिवेशन २०८३ असोज ८ गते गर्ने निर्णय गरिएको हो।नेपाली कांग्रेस जिल्ला निर्वाचन समितिको कार्यालय, धादिङले सूचना जारी गर्दै यसअघि असोज ७ गतेका लागि तय गरिएको गाउँ तथा नगर अधिवेशन प्राविधिक कारणले सो दिन गर्न नसकिने भएकाले नयाँ मिति निर्धारण गरिएको जनाएको छ।

नयाँ मितिअनुसार धादिङका गाउँपालिका तथा नगरपालिकामा हुने अधिवेशनमा क्षेत्रीय प्रतिनिधि, गाउँ तथा नगर सभापति, वडा सभापति, वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यलगायत पार्टीका प्रतिनिधिहरू सहभागी हुनेछन्।जिल्ला निर्वाचन समितिले अधिवेशनमा सहभागी हुने सम्पूर्ण प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्तालाई निर्धारित नयाँ मितिअनुसार आवश्यक तयारीसहित सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ।यसअघि नेपाली कांग्रेस धादिङले १५औँ महाधिवेशनअन्तर्गत जिल्लाका १०४ वटै वडामा असोज ५ गते वडा अधिवेशन तथा गाउँ तथा नगर अधिवेशन असोज ७ गते गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।
अब गाउँ तथा नगर अधिवेशन असोज ८ गते हुने भएपछि त्यसपछिका अधिवेशनको समयतालिकामा समेत प्रभाव पर्न सक्ने देखिएको छ। अधिवेशनलाई व्यवस्थित, सौहार्दपूर्ण र उत्साहजनक रूपमा सम्पन्न गर्न सबै पक्षको सहयोग र सक्रिय सहभागिता आवश्यक रहेको कांग्रेस धादिङले जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |