वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,१७ भदौ
भदौ १० गते गएको बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई अन्तर्राष्ट्रिय धादिङ समाजले गल्छी गाउँपालिका वडा नम्बर ६ मा राहत सामग्री वितरण गरेको छ।अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा तथा धादिङ नेपाली समाज अमेरिका, धादिङ समाज अष्ट्रेलिया, बहराइन, साउदी अरब र बेल्जियमको सहकार्यमा बाढी प्रभावित परिवारलाई राहत वितरण गरिएको हो।संस्थाका सल्लाहकार डा. प्रताप छत्कुलीले बुधबार बाढी प्रभावित नागरिकलाई राहत सामग्री वितरण गर्नुभएको हो।
राहत स्वरूप प्रभावित नागरिकलाई २०० थान म्याट, १०० थान फाइबर ब्ल्याङ्केट, १०० थान ट्र्याकसुट, १०० वटा झुल, १०० जोर जुत्ता, १०० वटा टी–सर्ट, २०० वटा दाँत माझ्ने ब्रस, साबुन तथा मास्क वितरण गरिएको अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिनुभयो।विपद्का कारण जिल्लावासी नागरिक समस्यामा परेकाले विदेशमा रहेका धादिङेलीहरूको सहयोग र सहकार्यमा राहत सामग्री संकलन गरी वितरण गरिएको उहाँले बताउनुभयो।
बिपदबाट प्रभावित स्थानीय नागरिकलाई आवश्यक राहत उपलब्ध गराउने उद्देश्यले विभिन्न देशमा रहेका धादिङेली समाजसँग समन्वय गरी राहत वितरण गरिएको अन्तर्राष्ट्रिय धादिङ समाजका महासचिव बाबुकाजी भण्डारीले जानकारी दिनुभयो।संस्थाले आगामी दिनमा पनि विपद्बाट प्रभावित नागरिकको आवश्यकता र अवस्थालाई मध्यनजर गर्दै सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।