ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
धादिङ,१७ भदौ
भदौ १० गते गएको बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई अन्तर्राष्ट्रिय धादिङ समाजले गल्छी गाउँपालिका वडा नम्बर ६ मा राहत सामग्री वितरण गरेको छ।अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा तथा धादिङ नेपाली समाज अमेरिका, धादिङ समाज अष्ट्रेलिया, बहराइन, साउदी अरब र बेल्जियमको सहकार्यमा बाढी प्रभावित परिवारलाई राहत वितरण गरिएको हो।संस्थाका सल्लाहकार डा. प्रताप छत्कुलीले बुधबार बाढी प्रभावित नागरिकलाई राहत सामग्री वितरण गर्नुभएको हो।
राहत स्वरूप प्रभावित नागरिकलाई २०० थान म्याट, १०० थान फाइबर ब्ल्याङ्केट, १०० थान ट्र्याकसुट, १०० वटा झुल, १०० जोर जुत्ता, १०० वटा टी–सर्ट, २०० वटा दाँत माझ्ने ब्रस, साबुन तथा मास्क वितरण गरिएको अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिनुभयो।विपद्का कारण जिल्लावासी नागरिक समस्यामा परेकाले विदेशमा रहेका धादिङेलीहरूको सहयोग र सहकार्यमा राहत सामग्री संकलन गरी वितरण गरिएको उहाँले बताउनुभयो।
बिपदबाट प्रभावित स्थानीय नागरिकलाई आवश्यक राहत उपलब्ध गराउने उद्देश्यले विभिन्न देशमा रहेका धादिङेली समाजसँग समन्वय गरी राहत वितरण गरिएको अन्तर्राष्ट्रिय धादिङ समाजका महासचिव बाबुकाजी भण्डारीले जानकारी दिनुभयो।संस्थाले आगामी दिनमा पनि विपद्बाट प्रभावित नागरिकको आवश्यकता र अवस्थालाई मध्यनजर गर्दै सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |