वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेसी, १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि धादिङबाट विभिन्न गन्तव्यतर्फ यातायात सञ्चालनका लागि चारवटा सडकलाई अस्थायी रुट कायम गर्ने निर्णय गरिएको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी एवं यातायात व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी पाण्डेय (गौतम)को अध्यक्षतामा सोमबार बसेको समितिको बैठकले विपद्का कारण अवरुद्ध यातायातलाई वैकल्पिक मार्गबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।
परेवाटार–आदमटार–बेलिनटार–मासटार, धादिङबेसी–सुनौलाबजार–भोर्ले–कोसीखोला–फोर्सेटार–कल्लेरी, धादिङबेसी–भुलभुले–पात्ले–फ्याक्से,स्यालडाँडा–डाँडागाउँ–कोसीखोला–फोस्रेटार सडकलाई अस्थायी यातायात रुट कायम गरेको हो ।
समितिले यी तीन सडकसँगै धादिङबेसी–टारिबेसी–सल्यानटार–आरुघाट–गोरखाबजार–आँबुखैरेनी हुँदै चितवन र पोखरा जाने सडकलाई पनि अस्थायी यातायात रुट कायम गरेको छ ।
ती मध्ये धादिङबेँशी–सुनौलाबजार–भोर्ले, – कोशीखोला–फोर्सेटार–कल्लेरीटार प्रभावकारी रहेको जनाइएको छ । कूल ३६ किलोमिटर सो सडकका केही स्थानमा पिच रहेको छ, केही स्थानमा स्तरोन्नतिका क्रममा रहेको छ । सांसद बोधनारायण श्रेष्ठ र नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक बिश्वकर्मा सहितको टोलीले यो सडकको अवस्थाका बारेमा भदौं ११ गते स्थलगत अनुगमन समेत गर्नुभएको थियो ।
बैठकले सवारी तथा व्यवस्थापन ऐन,२०४९ को दफा १५५ उपदफा ख तथा प्रदेश यातायात व्यवस्थापन ऐन २०७५ बमोजिम उक्त सडकहरुलाई अस्थायी रुट कायम गरिएको हो ।
ती रुट सञ्चालनयोग्य बनाउन तीनवटा सरकारी कार्यालयलाई सडक स्तरोन्नति तथा आकस्मिक मर्मतको जिम्मेवारीसमेत तोकिएको छ ।
बैठकले परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मासटार सडकको स्तरोन्नति तथा आकस्मिक मर्मत सडक डिभिजन नुवाकोटले गर्ने निर्णय गरेको छ । त्यस्तै धादिङबेसी–सुनौलाबजार–भोर्ले–कोसीखोला–फोर्सेटार–कल्लेरीटार सडकको मर्मत तथा स्तरोन्नतिको जिम्मेवारी पूर्वाधार विकास कार्यालय धादिङलाई दिइएको छ ।
धादिङबेसी–भुलभुले–पात्ले–फ्याक्से–स्यालडाँडा–डाँडागाउँ–कोसीखोला–फोसे्रटार सडकको स्तरोन्नति र आकस्मिक मर्मत सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयले यथाशीघ्र गर्ने निर्णय भएको छ ।
बाढीका कारण धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने सडक तथा पुलमा क्षति पुगेपछि यातायात सेवा सहज बनाउन वैकल्पिक सडकलाई अस्थायी रुटका रूपमा प्रयोग गर्ने निर्णय गरिएको बैठकमा उपस्थित नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक बिश्वकर्माले जानकारी दिनुभयो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।