वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ, भदौ १५:
धादिङको कृष्णभीरमा पृथ्वी राजमार्गको करिब एक सय मिटर सडक भासिएपछि सडक विभागले तत्काल यातायात सञ्चालनका लागि वैकल्पिक मार्गको खोजी तथा अध्ययन थालिएको छ। त्रिशूली नदीको निरन्तर कटानका कारण सडकको जग नै कमजोर बनेकाले क्षतिग्रस्त सडक तत्काल पुनर्निर्माण गर्न सकिने अवस्था नरहेको प्राविधिकहरूले बताएका छन्।
आइतबार बिहान आएको बाढीपछि कृष्णभीरमा सडकको ठूलो भाग भासिनुका साथै सडकमा चिरा परेको हो। त्रिशूली नदीले सडकको जगतर्फ निरन्तर कटान गरिरहेका कारण थप सडक भासिन सक्ने जोखिम रहेको बताइएको छ। सडकमा पैदल हिँड्नसमेत जोखिमपूर्ण बनेपछि प्रहरीले कृष्णभीर क्षेत्रमा पैदल आवतजावतमा समेत रोक लगाएको छ।
सडक तत्काल निर्माण गर्न सकिने अवस्था नरहेकाले वैकल्पिक यातायात मार्गको अध्ययन सुरु गरिएको इन्जिनियर ज्ञानेन्द्र घिमिरेले बताउनुभएको छ। सडकको वास्तविक अवस्था र थप जोखिम मूल्याङ्कन गर्न ड्रोनमार्फत सर्वेक्षणसमेत गरिएको उहाँले जानकारी दिनुभएको छ।
कृष्णभीरका साथै परेवाभीर र शीतलबजार नजिकको पतौरी क्षेत्रमा समेत सडकको ठूलो भाग खसेको छ। राजमार्गका आधा दर्जनभन्दा बढी स्थानमा त्रिशूली नदीको कटानका कारण सडक चिरिएको जनाइएको छ। कृष्णभीरको माथिल्लो भागमा मानव बस्ती रहेकाले सडकको भित्ता काटेर विस्तार गर्नसमेत सहज नरहेको अध्यानले देखाएको छ । सडकको जग, नदी कटान र माथिल्लो भूभागको स्थायित्व अध्ययन गरेपछि मात्रै पुनर्निर्माणको विकल्प तय गरिने भएको हो ।
यसैबीच, चितवनको फिस्लिङ हुँदै बेनीघाट बजार र बेनीघाटबाट आरुघाट–गोरखा हुँदै आँबुखैरेनी जाने मार्ग तथा गल्छी–सुनौलाबजार–धादिङबेँसी–सल्यानटार–गोरखा रुटको अध्ययन भइरहेको छ। तर यी मार्गमा ठूला सवारी र ग्यासका बुलेट सञ्चालन चुनौतीपूर्ण हुने देखिएको छ ।
काठमाडौँ प्रवेश तथा बाहिरिने प्रमुख मार्गका रूपमा रहेको पृथ्वी राजमार्गमा दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने भएकाले कृष्णभीरको क्षतिले दीर्घकालीन प्रभाव पार्न सक्ने देखिएको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।