वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ, भदौ १५:
भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि शिवज्योति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ७८ हजार १ सय ५ रुपैयाँ सहयोग गर्ने भएको छ।
संस्थाको सञ्चालक समिति बैठकले सामुदायिक विकास कोष, सञ्चालक समिति तथा उपसमिति र कर्मचारीको तर्फबाट उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।
संस्थाका अनुसार सामुदायिक विकास कोष, सञ्चालक समिति तथा उपसमिति र कर्मचारीका तर्फबाट प्राप्त हुने रकम गरी बाढीपीडितका लागि कुल ७८ हजार १ सय ५ रुपैयाँ सहयोग गरिने संस्थाले जनाएको छ।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण धादिङसहित विभिन्न जिल्लामा जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएपछि राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने क्रम चलिरहेको छ।
यसै क्रममा शिवज्योति महिला साकोसले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावित नागरिकलाई राहतमा सहयोग पुर्याउने निर्णय गरेको हो।
सामुदायिक विकास कोषबाट संस्थागत रूपमा रकम उपलब्ध गराउनुका साथै सञ्चालक समिति, उपसमिति र कर्मचारीबाट समेत सहयोग गर्ने निर्णयले विपद्को समयमा संस्थासँग आबद्ध पक्षको सामाजिक उत्तरदायित्व र सहभागितालाई देखाएको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।