ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने
लायन राजाराम रिजाल सम्मानित
धादिङ, भदौ १५:
भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि शिवज्योति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ७८ हजार १ सय ५ रुपैयाँ सहयोग गर्ने भएको छ।
संस्थाको सञ्चालक समिति बैठकले सामुदायिक विकास कोष, सञ्चालक समिति तथा उपसमिति र कर्मचारीको तर्फबाट उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।
संस्थाका अनुसार सामुदायिक विकास कोष, सञ्चालक समिति तथा उपसमिति र कर्मचारीका तर्फबाट प्राप्त हुने रकम गरी बाढीपीडितका लागि कुल ७८ हजार १ सय ५ रुपैयाँ सहयोग गरिने संस्थाले जनाएको छ।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण धादिङसहित विभिन्न जिल्लामा जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएपछि राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने क्रम चलिरहेको छ।
यसै क्रममा शिवज्योति महिला साकोसले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावित नागरिकलाई राहतमा सहयोग पुर्याउने निर्णय गरेको हो।
सामुदायिक विकास कोषबाट संस्थागत रूपमा रकम उपलब्ध गराउनुका साथै सञ्चालक समिति, उपसमिति र कर्मचारीबाट समेत सहयोग गर्ने निर्णयले विपद्को समयमा संस्थासँग आबद्ध पक्षको सामाजिक उत्तरदायित्व र सहभागितालाई देखाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |