वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
गल्छीको महेशदोभानबाट थालिएको सफाइमा सांसदसहित सयौँ युवा जुटे; आइतबार गजुरी क्षेत्रमा पनि विस्तार गरिने
धादिङ,१३ भदौ । भीषण बाढीले आक्रान्त बनेको धादिङमा हिलो र लेदोले पुरिएका सार्वजनिक संरचना पुनःसञ्चालनका लागि नागरिक स्तरबाट बृहत् श्रमदान अभियान सुरु भएको छ। बाढीका कारण ठप्प बनेका स्वास्थ्य संस्था र विद्यालयहरू तत्काल सुचारु गराउने उद्देश्यका साथ शनिबार गल्छी गाउँपालिकास्थित महेशदोभानबाट संयुक्त सफाइ अभियान थालिएको हो।
बाढीले बस्ती, विद्यालय र अस्पतालहरूका कोठाभित्र दुई तलासम्म लेदो थुपारेको र भित्री भागमा मेसिन प्रयोग गर्न असम्भव भएपछि युवाहरू आफैँ श्रमदानमा होमिएका हुन्। पहिलो दिन गल्छी अस्पताल र बागेश्वरी माध्यमिक विद्यालयभित्र पसेको हिलो पन्छाउन धादिङ, काठमाडौँ, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक तथा स्थानीय क्षेत्रका गरी करिब दुई सय स्वयंसेवकहरू कार्यक्षेत्रमा खटिएका थिए।
गैर-राजनीतिक रूपमा नागरिक सेवा भावले सञ्चालन गरिएको यस अभियानको संयोजन रास्वपा धादिङका सभापति राजन अर्याल र स्थानीय अगुवा कुमार रिमालले गर्नुभएको छ। श्रमदानमा ऐक्यबद्धता जनाउन सांसदहरू प्रभा कार्की, बसुमाया तामाङ र बोधनारायण श्रेष्ठ समेत भौतिक रूपमै उपस्थित हुनुहुन्थ्यो। युवाहरूको यो स्वतःस्फूर्त अग्रसरतापछि स्थानीय पालिकाले पनि सरसफाइ तथा पुनर्स्थापनामा चासो र सक्रियता देखाएको अर्यालले जानकारी दिनुभयो ।
यो अभियानलाई आइतबार गल्छी र गजुरी दुवै क्षेत्रबाट गलौँदी, फुर्केखोला हुँदै मलेखुसम्म विस्तार गरिने योजना अर्यालको भनाई छ । आईतबार दोस्रो दिनको श्रमदानका लागि काठमाडौँ र दोलखाका युवाहरू तथा डा. कृष्णमान शाक्यको अगुवाइमा विभिन्न संस्थाबाट थप जनशक्ति परिचालन हुँदैछन्।
अस्पताल र विद्यालयजस्ता अत्यावश्यक सेवा छिटो सञ्चालनमा ल्याउनु नै अहिलेको मुख्य दायित्व रहेको उल्लेख गर्दै आयोजकहरूले विपद्को यस कठिन घडीमा हातेमालो गर्न इच्छुक सबैलाई श्रमदानमा जोडिन आह्वान गरेका छन्।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।