वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ, ११ भदौः रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि धादिङका ७९ जना अझै सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेमा सबैभन्दा बढी नीलकण्ठ नगरपालिकाका २३ जना रहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार सम्पर्कविहीन हुनेमा रुबीभ्याली गाउँपालिकाका १३, धुनीबेँसी नगरपालिकाका १०, बेनीघाट रोराङ गाउँपालिकाका आठ, गल्छी गाउँपालिकाका सात तथा थाक्रे र सिद्धलेक गाउँपालिकाका छ–छ जना रहेका छन् ।
त्यस्तै गजुरी गाउँपालिकाका दुई, नेत्रावती डबजोङ गाउँपालिकाका दुई तथा गङ्गाजमुना र ज्वालामुखी गाउँपालिकाका एक–एक जना सम्पर्कविहीन रहेको सहायक प्रजिअ पौडेलले जानकारी दिनुभयो । बुधबार गएको बाढीले धादिङमा पाँच पक्की पुल र १२ झोलुङ्गे पुलमा क्षति पु¥याएको छ । जिल्लामा हालसम्म २५ शव फेला परेको छ । तीमध्ये २० शव व्यवस्थापनका लागि पोखरा पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
बाढी तथा पहिरोका कारण पृथ्वी राजमार्गसँग सदरमुकाम धादिङबेसीको सडक सम्पर्क प्रभावित बनेपछि सवारीसाधन सञ्चालनका लागि वैकल्पिक मार्ग मर्मतसम्भारको काम भइरहेको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार राजमार्ग क्षेत्रमा अवरोध हटाउने तथा सडक मर्मतको काम जारी रहे पनि तत्काल पूर्ण रूपमा राजमार्ग सञ्चालनमा आउन सक्ने छैन । प्रभावित सडक तथा फुर्केखोलामा बेलिब्रिज सञ्चालनका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।