ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
धादिङबेशी, १० भदौ : बाढीका कारण सडक सम्पर्क अवरुद्ध भएपछि धादिङबेशीमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक भण्डारण गर्ने तथा कालोबजारी गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने भएको छ।
नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माको अध्यक्षतामा आज बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले विपद्को मौका छोपी खाद्यान्नलगायत अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी हुन नदिन बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको हो।
त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुललगायत सडक संरचना बगाएपछि धादिङबेशीको मुख्य राजमार्गसँगको सडक सम्पर्क विच्छेद भएको छ। यसबाट बजारमा अत्यावश्यक वस्तुको आपूर्तिमा असर पर्न सक्ने अवस्थालाई ध्यानमा राखेर नगरपालिका, प्रशासन र सम्बन्धित निकायबीच समन्वय गरी आपूर्ति व्यवस्थापन गर्ने निर्णय गरिएको छ।
बैठकले हाल धादिङबेशी बजारमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको मौज्दात रहेकाले उपभोक्तालाई आवश्यकताभन्दा बढी सामान खरिद तथा भण्डारण नगर्न आग्रह गरेको छ। अनावश्यक रूपमा ठूलो परिमाणमा सामान खरिद गर्दा बजारमा अभावको अवस्था सिर्जना हुनसक्ने भन्दै आवश्यक परिमाणमा मात्र खरिद गर्न अनुरोध गरिएको हो।
नगरपालिकाले बजारमा नियमित अनुगमन गर्ने तथा जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्ने निर्णयसमेत गरेको छ।
बाढीका कारण विभिन्न स्थानमा रोकिएका नगरवासीलाई सुरक्षित रूपमा ल्याउन पहल गर्ने र सम्पर्कमा आउन नसकेका व्यक्तिको खोज तथा उद्धारका लागि गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय धादिङलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।
समितिले विपद्को समयमा आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र प्रवाह गर्न र सामाजिक सञ्जाललगायत माध्यमबाट गलत तथा भ्रामक सूचना नफैलाउनसमेत सबैमा आग्रह गरेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |