ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङ,८ भदौ
नीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित मनरुपी माध्यमिक विद्यालयमा लागुपदार्थ दुर्व्यसनी तथा बालमैत्री स्थानीय शासनसम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।सांकोष सामुदायिक सिकाइ केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी लागुपदार्थ दुव्र्यसनका असर, त्यसबाट जोगिने उपाय तथा बालमैत्री स्थानीय शासनका विषयमा सहजीकरण गरिएको थियो। सांकोष सामुदायिक सिकाइ केन्द्र व्यवस्थापन समितिका अध्यक्ष रामशरण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिका–१३ का वडाध्यक्ष सोमबहादुर गुरुङ, कार्यपालिका सदस्य राम्री नेपाली, अधिवक्ता दिनेश दुवाडी, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक विक्रम रिजाल तथा नीलकण्ठ नगरपालिका बालमैत्री शासन सहजकर्ता सुवास खतिवडा लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा लागुपदार्थको प्रयोगले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराउँदै विद्यार्थीलाई दुव्र्यसनबाट टाढा रहन सचेत गराइएको थियो। साथै बालबालिकाको अधिकार, संरक्षण, सहभागिता तथा स्थानीय तहमा बालमैत्री शासनको अवधारणा र यसको महत्वबारे समेत जानकारी दिइएको थियो।कार्यक्रममा सांकोष सामुदायिक सिकाइ केन्द्रका सदस्यहरू, मनरुपी माध्यमिक विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा नीलकण्ठ–१३ वडा बाल सञ्जालका अध्यक्ष आभास गुरुङ लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।आयोजकका अनुसार विद्यार्थीलाई लागुपदार्थ दुव्र्यसनबाट जोगाउनुका साथै बालबालिकाको अधिकार, सुरक्षा र सहभागिताप्रति सचेत बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |