कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङबेशी,१७ जेष्ठ । रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले युवा तथा महिला शेयर सदस्यहरूको सीप विकास र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको दुईदिने बुक्के बनाउने तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।
जेठ १५ र १६ गते सञ्चालन गरिएको तालिम संस्थाका उपाध्यक्ष राजकुमार श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रवक्ता, वडा नम्बर ८ का वडा अध्यक्ष तथा संस्थाका संस्थापक एवं सल्लाहकार प्रकाशकुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा विशिष्ट अतिथि, युवा तथा महिला सदस्य, सञ्चालक समितिका पदाधिकारी तथा व्यवस्थापन पक्षको उपस्थिति रहेको थियो।
तालिममा सहभागी सदस्यहरूले बुक्के निर्माणसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप हासिल गरेका छन्। संस्थाका अनुसार तालिमले सहभागीहरूलाई स्वरोजगार तथा आयआर्जनका अवसरतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।
समापन कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सभाध्यक्षले सहभागीहरूलाई तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गरी आत्मनिर्भरता तथा आयआर्जनतर्फ अग्रसर हुन शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा प्रशिक्षक सरस्वती श्रेष्ठप्रति तालिम सफलतापूर्वक सञ्चालन गरी सहभागीहरूलाई उपयोगी ज्ञान तथा सीप प्रदान गरेको भन्दै विशेष धन्यवाद ज्ञापन गरिएको थियो।
तालिमको समापनसँगै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै, कार्यक्रमप्रति उत्साहजनक सहभागिता जनाउने सम्पूर्ण शेयर सदस्यहरूलाई संस्थाले धन्यवाद व्यक्त गरेको छ।संस्थाले सदस्यहरूको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकासका लागि आगामी दिनमा पनि यस्ता सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।