कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङबेशी,२५ बैशाख । नीलकण्ठ नगरपालिकाको १३ औँ स्थापना दिवसको अवसरमा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले नगरबासीलाई शुभकामना प्रकट गर्नुभएको छ । नगरप्रमुख ढुंगानाले आफ्नो सचिवालय मार्फत नगरबासीलाई सम्बोधन गर्दै स्थापना दिवसको अवसरमा शुभकामना दिनुभएको हो ।
यस्तो छ मेयर ढुंगानाद्धारा जारी शुभकामना शन्देश
नीलकण्ठ नगरपालिकाको १३ औँ स्थापना दिवसको पावन अवसरमा सम्पूर्ण नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नगरबासीहरुको विश्वास, सहभागिता र निरन्तर साथकै कारण आज नीलकण्ठ नगरपालिका सुशासन, विकास, सामाजिक न्याय र उत्तरदायी स्थानीय शासनको नमुना संस्थाको रूपमा स्थापित हुँदै गएको छ ।
संस्थागत क्षमता मूल्यांकनमा उत्कृष्ट नतिजा, विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका, बेरुजु फर्छ्यौटमा लगभग शतप्रतिशत नतिजा हासिल गर्दै शुन्य बेरुजुको अवस्था तथा अनुशासित र पारदर्शी नगर प्रशासन कायम गर्नु हाम्रो सामूहिक प्रतिबद्धता हो । यस गौरवपूर्ण अवसरमा हामीले कक्षा १२ सम्म निःशुल्क शिक्षा, सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा, मृत्यु संस्कार राहतस्वरूप रु. १० हजार सहयोग, स्वास्थ्य, खानेपानी, सडक, शिक्षा तथा सामाजिक समावेशीकरणका कार्यक्रमलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जनजीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने प्रयास र संकल्प गरेका छौँ । नगरका हरेक वडा, बस्ती र हरेक नागरिकसम्म विकासको अनुभूति पुगोस् भन्ने उद्देश्यले पूर्वाधार विकाससँगै महिला, दलित, ज्येष्ठ नागरिक, युवा, अपाङ्गता भएका नागरिक तथा विपन्न समुदायको सम्मान र अवसर सुनिश्चित गर्ने नीति सहितको कार्यक्रम हामीले लागू गरेकाछौँ ।
अब हाम्रो कार्यकालको अन्तिम एक वर्ष बाँकी रहेको अवस्थामा हामी केवल योजना घोषणा गरेर होइन, मापनयोग्य परिणामसहित हाम्रा घोषित प्रतिवद्धता पुरा गर्ने दृढ अठोटका साथ अघि बढिरहेका छौँ । स्थानीय सरकारका तर्फबाट हुनुपर्ने सम्पूर्ण नीतिगत, संस्थागत र सेवा प्रवाहका प्रणालीलाई व्यवस्थित, दिगो र जनमैत्री बनाउँदै नीलकण्ठ नगरपालिकालाई सुशासन, समावेशिता र विकासको उत्कृष्ट नमुनाका रूपमा स्थापित गरेर जिम्मेवारी हस्तान्तरण गर्ने हाम्रो प्रतिबद्धता रहेको छ ।
नगरका संगठीत नागरिक सञ्जालहरु, टोल विकास संस्था, सहकारी र निजि क्षेत्र, आदिवासी जनजातिका संघसंस्थाहरु, धार्मिक संस्था, योग समितिहरु एवं स्वास्थ संस्थाहरु, विद्यालय एवं शिक्षकबर्ग, आमा समूह, वन समूह, युवा क्लब, वालसञ्जाल एवं गैह्रसरकारी र प्रदेश एवं संघ सरकारसमेतको सहकार्यमा बृहत सहभागितामूलक विकास अभियान निरन्तर गर्ने र हरेक नगरबासीको आफ्नै सरकारको रुपमा अनुभूति हुने गरि नगरप्रशासन र विकास अभियानलाइ नागरिकमैत्री बनाउने प्रतिवद्धता सहित नीलकण्ठ नगरपालिकाको १३ औँ स्थापना दिवसको उपलक्षमा तपाइँ सम्पूर्णमा हार्दिक शुभकामना दिन चाहन्छु ।
जय नीलकण्ठ ! जय नेपाल !
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।