कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
काठमाडौँ, ८ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत करिब २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ ।
यही वैशाख ६ र ७ गते सञ्चालन गरिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ती बालबालिकालाई भिटामिन ‘ए’ र २१ लाख बालबालिकालाई जुकाको औषधि खुवाइएको मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले जानकारी दिनुभयो । यस्तै आठ लाख बालबालिकालाई बालभिटा खुवाइएको छ ।
देशैभरका छ महिनादेखि देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधि र छ महिनादेखि २३ महिनाका बालबालिकालाई बालभिटा खुवाइएको थियो ।
आँखाको दृष्टिलाई जोगाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, कुपोषण कम गर्ने र बालमृत्युदर घटाउन सरकारले बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बालभिटा खुवाउने गरेको छ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा करिब ५० हजार जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा १५ हजार स्थानीय तहका स्वास्थ्यकर्मी खटिएका थिए । सरकारले हरेक आर्थिक वर्षको कात्तिक र वैशाखमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ सालदेखि र जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ सालदेखि सञ्चालन गर्दै आइरहेको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।