Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

प्रदेशसभाको बैठकः विधेयकलाई अर्थ तथा विकास समितिमा पठाउन स्वीकृत प्रदान

३७१९ पटक पढिएको प्रकाशित मिति: २०८३ बैशाख ६, आईतबार (५ महिना अघि)
प्रदेशसभाको बैठकः विधेयकलाई अर्थ तथा विकास समितिमा पठाउन स्वीकृत प्रदान

मकवानपुर, ६ वैशाखः बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ लाई दफाबार छलफलका लागि अर्थ तथा विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

यसैगरी, उक्त बैठकमा प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ लाई दफावार छलफलका लागि अर्थ तथा विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नुभयो । सोही बैठकले ती दुवै प्रस्तावलाई अर्थ तथा विकास समितिमा पठाउन सर्वसम्मतिबाट स्वीकृत प्रदान ग¥यो ।

बैठकमा विशेष समयमा बोल्नुहुने प्रदेशसभाका सदस्यहरुले राष्ट्रिय सरोकारको विषयमा उठाउनुभएका विभिन्न प्रश्नको क्रमशः बागमती भौतिक पूर्वधार तथा योजनामन्त्री डा दिनेशचन्द्र देवकोटा, प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री मधुसूदनराज पौडेल, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी र वनमन्त्री भरत केसीले जवाफ दिनुभएको थियो ।

बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि बजेटको तर्जुमा गरिने क्रममा बहुवर्षीय योजनालाई आवश्यकताअनुसार कार्यान्वयन गर्दै लैजाने सरकारको नीति रहेको बताउनुभयो । उहाँले प्रदेशमा आर्थिक क्षेत्रलाई सन्तुलित रुपमा राख्न बजेटले आत्मसात् गरेको उल्लेख गर्नुहुँदै केही दिनभित्रै बागमती प्रदेश मन्त्रिपरिषद् १४ मन्त्रालयबाट घटाएर मुख्यमन्त्रीसहित सात मन्त्रालय पदस्थापन गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले विभिन्न मन्त्रालयबाट हुने आर्थिक स्रोतसाधनलाई दुरुपयोग हुने क्रमलाई नियन्त्रण गर्न सरकारले उच्चस्तरीय प्रशासनिक संरचनाबाट प्राप्त भएको सुझावलाई प्रदेश सरकारले कार्यान्वयन गर्दै लैजाने उल्लेख गर्नुभयो ।

बैठकको विशेष समयमा सत्तापक्ष र प्रतिपक्षका सदस्यहरु सहभागी हुनुहुँदै प्रदेशको विभिन्न जिल्लामा बर्सातको मौसम सुरु भइसकेको हुँदा जिल्ला दैवीप्रकोप उद्धार समितिलाई प्रदेश सरकारले स्रोतसाधन उपलब्ध गराई जनधनको क्षति हुनबाट जोगाउनेतर्फ अग्रसर हुनुपर्ने सुझाव दिनुभयो । उहाँहरुले प्रदेशको विभिन्न जिल्लामा विपन्न तथा सर्वसाधारण नागरिकलाई अहिले सङ्घीय सरकारले पेट्रोलियम पदार्थमा अति नै मूल्य वृद्धि गरेको कारणबाट सर्वसाधरणलाई दैनिक उपभोगको सामग्री मूल्य वृद्धि हुनाका साथै स्वास्थ्योपचार सेवामा पनि कठिनाइ भोग्नु परेको गुनासो आएकाले प्रदेश सरकारले सङ्घीय सरकारसँग समन्वय गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्नुभएको थियो ।

प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्म र आजको बैठक स्थगित गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

  • गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

  • भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

  • हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

    हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

  • समाचार
    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

    हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0