कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
धादिङबेशी,२४ चैत्र । नीलकण्ठ नगरपालिका–८ अमेरुवामा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएकी गायत्री लम्साललाई नीलकण्ठ नगरपालिकाले घरमै पुगेर ‘क वर्ग (रातो)’ अपाङ्गता परिचयपत्र प्रदान गरेको छ। उपप्रमुख दिपक विश्वकर्मा, सामाजिक विकास शाखा प्रमुख उर्मिला थपलिया र धादिङ अस्पतालका डा. दिनेश रेग्मी सहितको टोलीले उनको निवासमै पुगेर परिचयपत्र हस्तान्तरण गरेको हो।
गत २०८१ मंसिर ३ गते भएको सवारी दुर्घटनामा घाइते भएकी लम्साल उपचाररत अवस्थामा रहँदै आएकी छन् र हाल पनि कोमामा रहेको परिवारले जनाएको छ। उनकी दिदी रीता लम्सालका अनुसार पहिलेको तुलनामा केही सुधार देखिए पनि स्वास्थ्य अवस्था अझै गम्भीर नै रहेको छ।
परिचयपत्र हस्तान्तरणपछि उपप्रमुख विश्वकर्माले गम्भीर अवस्थाका बिरामीलाई सहज रूपमा राज्यका सेवासुविधा उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको बताए। नगरपालिकाले घरदैलोमै पुगेर सेवा प्रदान गरेको यस कार्यलाई मानवीय र उत्तरदायी कदमका रूपमा लिइएको छ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।