नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङबेशी,१९ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बागमती प्रदेशको निर्वाचमा रुद्र बहादुर खत्रीले आफ्नो उम्मेदवारी घोषणा गरेका गर्नुभएको छ ।
यहि चैत २३ र २४ गते हेटौंडामा हुने निर्वाचनमा खत्रीले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएको हो । उहाँ धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत हुनुहुन्छ ।
खत्रीले व्यवसायी तथा मतदातालाई आफूलाई मतदान गरी अत्याधिक मतले विजयी गराउन अनुरोध गर्नुभएको छ । उहाँले आफ्नो अनुभव र नेतृत्व क्षमताका आधारमा महासंघलाई अझ सशक्त बनाउन मतदाताले आफुलाई भोट गराउनु पर्ने धारणा राख्नु भयो । पारदर्शी र उत्तरदायी बित्तिय प्रणालीको लागी आफुहरुको उम्मेद्वारी हुने उहाँले बताउनु भयो ।
यसैबीच, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटी र बरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले लगाएत धादिङको सिङ्गो टिमले खत्रीलाई समर्थन जनाउँदै मतदातासँग उहाँलाई जिताउन अपिल गर्नुभएको छ ।
उक्त निर्वाचनले बागमती प्रदेशका उद्योगी–व्यवसायीहरूको प्रतिनिधित्व गर्ने नेतृत्व चयन गर्ने भएकाले यसलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।
अत्याधिक ब्यवसायीको रोजाईमा रहेका धादिङका रुद्र बहादुर खत्री बेद बहादुर श्रेष्ठको टिमबाट कोषाध्यक्षमा उम्मेद्वारी दिन लाग्नुभएको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |