वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेशी १४ चैत्र । सिद्धलेक गाउँपालिकाको १८औँ हिउँदे अधिवेशन शुक्रबार गाउँपालिकाको सभाहल, बुङचुङमा सम्पन्न भएको छ । अधिवेशनमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रगति समीक्षा, बजेट कार्यान्वयन अवस्था तथा योजना संशोधनका विषयमा छलफल गरिएको थियो ।
अधिवेशनमा गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले प्रस्तुत गर्नुभएको प्रगति विवरण अनुसार हालसम्म गाउँपालिकाले आन्तरिक राजस्व र विभाज्य कोषमार्फत १ करोड ४० लाख ८ सय ९९ रुपैयाँ आम्दानी गरेको छ । समग्र वित्तीय प्रगति ३६.६२ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो। खर्चतर्फ ‘सृजित दायित्व’ मा शतप्रतिशत प्रगति हासिल भएको छ भने ‘भुक्तानी दिन बाँकी योजनाहरू’ मा ७१.५२ प्रतिशत खर्च भएको छ ।
क्षेत्रगत उपलब्धिहरू उल्लेख गर्दै अध्यक्ष खतिवडाले न्यायिक समितिमा दर्ता भएका ७ उजुरीमध्ये ५ वटा फछ्र्यौट भइसकेको जानकारी दिनुभयो। साथै ७० जनालाई कानुनी सचेतना र १५ जनालाई न्यायिक सहजीकरण सेवा प्रदान गरिएको छ ।
शिक्षा क्षेत्रमा १०३ शिक्षक, १४ विद्यालय र १७ विद्यार्थीलाई सम्मान गरिएको छ भने स्थानीय पाठ्यक्रम निर्माण कार्य सुरु गरिएको छ । स्वास्थ्य सेवातर्फ १९ हजार ६८५ नागरिकले सेवा लिएका छन्। ६५० जनाले स्वास्थ्य शिविरबाट लाभ लिएका छन् भने १५० किशोरीलाई HPV खोप प्रदान गरिएको छ । त्यस्तै ५४ जना कडा रोगीलाई मासिक ५ हजार रुपैयाँका दरले उपचार सहुलियत उपलब्ध गराइएको छ ।
कृषि तथा पशु सेवामा ११ हजार ९ पशुको उपचार, ९४ वटा कृत्रिम गर्भाधान र ८२ प्रयोगशाला परीक्षण सम्पन्न भएका छन्। जैविक खेती प्रवद्र्धनका कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ । पूर्वाधार विकासतर्फ ठेक्कामार्फत सञ्चालनमा रहेका १० योजनाको भौतिक प्रगति ४३ प्रतिशत पुगेको छ भने उपभोक्ता समितिमार्फत सञ्चालन हुने ३०० योजनामध्ये २२५ वटाको सम्झौता भइसकेको छ, जसको वित्तीय प्रगति ६५ प्रतिशत रहेको छ ।
सामाजिक तथा रोजगार कार्यक्रमअन्तर्गत वडा नं. २ मा २०० दलित तथा विपन्न घरधुरीको सर्वेक्षण सम्पन्न गरिएको छ । SAMI कार्यक्रममार्फत २१ जनालाई मनोसामाजिक परामर्श सेवा दिइएको छ । वैदेशिक रोजगारीतर्फ ७ जनालाई पुनः श्रम स्वीकृति प्रदान गरिएको छ भने विदेशमा मृत्यु भएका एक जनाको परिवारलाई आर्थिक सहायताका लागि सहजीकरण गरिएको छ ।
यसैगरी उपप्रमुख सबिता अर्यालले प्रस्तुत गर्नुभएको बजेट प्रतिवेदन अनुसार गाउँपालिकाको कुल बजेट ६७ करोड ४९ लाख ८४ हजार ९ सय १४ रुपैयाँ रहेको छ । चालूतर्फ ४० करोड ८९ लाख ४१ हजार ४ सय ७९ रुपैयाँमध्ये ४३.८ प्रतिशत र पूँजीगततर्फ २६ करोड ६० लाख ४३ हजार ४ सय ३४ रुपैयाँमध्ये २५.६१ प्रतिशत खर्च भएको छ ।
अधिवेशनले बजेट कार्यान्वयनलाई लचिलो बनाउन महत्वपूर्ण व्यवस्था पनि समेत गरेको छ । विधेयकमार्फत गाउँ कार्यपालिकालाई कुल बजेटको १० प्रतिशतसम्म रकमान्तर गर्ने अधिकार दिइएको छ भने सोभन्दा बढी रकम सार्न गाउँसभाको स्वीकृति अनिवार्य गरिएको छ ।
योजना तथा कार्यक्रमतर्फ केही नाम संशोधन र पुनर्संरचना गरिएको छ । ‘जाले पदमार्ग’ लाई ‘खर्क पदमार्ग’ नामकरण गरिएको छ भने ‘पुण्यश्वरी आ.वि. भवन’ लाई ‘कुण्यश्वरी आ.वि. भवन’ बनाइएको छ। ‘खाली मौरीको घर सहयोग’ शीर्षकको बजेट ‘कृषि एम्बुलेन्स सञ्चालन व्यवस्थापन’ मा सारिएको छ ।
त्यसैगरी ४ लाख ६० हजार रुपैयाँ बराबरका केही कार्यक्रम पुनर्संरचना गरिएको छ । स्वास्थ्य स्वयंसेविकासम्बन्धी केही खर्च शीर्षक हटाइएका छन् भने खोप तथा औषधी ढुवानी, नियमित बैठक तथा समीक्षा र ‘ज्वानो जाउलो’ कार्यक्रम थपिएका छन् ।
अधिवेशनले समग्रमा बजेटलाई यथार्थपरक बनाउँदै कार्यान्वयनमा तीव्रता ल्याउने, आवश्यकताअनुसार स्रोत पुनःवितरण गर्ने तथा योजनाहरूलाई समयानुकूल परिमार्जन गर्ने लक्ष्यसहित निर्णयहरू गरेको गाउँपालिकाले जनाएको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।