नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक १, शनिबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
शिक्षा
ताजा समाचार

नीलकण्ठ बहुप्राविधिक शिक्षालयमा ३९० घण्टे सिपमूलक तालिम सम्पन्न, डिप्लोमा तहका प्रशिक्षार्थीलाई विदाई

नीलकण्ठ एफ.एम
  • २०८२ चैत्र १, आईतबार
  • ७ महिना अघि
  • ८ मिनेट पढाइ
  • ६८३९ पटक पढिएको
नीलकण्ठ बहुप्राविधिक शिक्षालयमा ३९० घण्टे सिपमूलक तालिम सम्पन्न, डिप्लोमा तहका प्रशिक्षार्थीलाई विदाई

धादिङ, चैत्र ०१ गते ।
नीलकण्ठ बहुप्राविधिक शिक्षालय, नीलकण्ठ नगरपालिका–४ मा सञ्चालित निःशुल्क ३९० घण्टे सिपमूलक तालिमको समापन तथा डिप्लोमा तहका प्रशिक्षार्थीहरूको विदाई कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका अवसरमा मोटरसाइकल सर्भिस मेकानिक, वेटर/वेट्रेस, मन्टेश्वरी, र सिलाइ–कटाइ अन्तर्गत तालिम पूरा गरेका ८० जना सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो।

May be an image of one or more people, dais and text

यी तालिमबाट कुल ८० जना सहभागीले सीप हासिल गरेका छन्, जसमा केही प्रशिक्षार्थीहरू रोजगारीमा समेत आवद्ध भइसकेका शिक्षालयका प्रिन्सिपल नरेश बरालले जानकारी दिनुभयो ।

त्यसैगरी डिप्लोमा तहअन्तर्गत हाइड्रोपावरमा २५ जना र अटोमोबाइल इन्जिनियरिङमा ९ जना प्रशिक्षार्थीलाई विदाई गरिएको छ। तालिममा धादिङसहित विभिन्न जिल्लाका प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

May be an image of one or more people and tree

कर्यक्रमलाई सम्बोधन गर्नुहुँदै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले युवालाई रोजगारी र आत्मनिर्भर बनाउन प्राविधिक शिक्षालाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले सीपबिना विदेश जाने धेरै युवाले अपेक्षित काम र पारिश्रमिक नपाउने तथा कतिपय अवस्थामा स्वदेश फर्किनुपर्ने अवस्था आउने भएकाले तालिमसहितको प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभयो । प्राविधिक शिक्षा प्राप्त गरेपछि युवाले विदेशमा मात्र होइन स्वदेशमै पनि राम्रो आम्दानी गर्न सक्ने उहाँको भनाइ छ।

नगर प्रमुख ढंगानाले नगरपालिकाले युवालाई सीपमूलक तालिम र स्वरोजगारका लागि सहुलियत ऋण सुविधा समेत उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । उहाँले सीप भएका व्यक्तिलाई रोजगारीका अवसर स्वतः आउने उल्लेख गर्दै युवालाई प्राविधिक शिक्षा तथा तालिमतर्फ आकर्षित हुन आग्रह गर्नुभयो ।

May be an image of one or more people, hospital and text

त्यसैगरी नीलकण्ठ–८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले तालिम पूरा गरेका सहभागीलाई प्रमाणपत्र प्राप्त हुनु अन्तिम लक्ष्य नभई वास्तविक जीवनमा सीप प्रयोग गर्ने चरण अब सुरु भएको बताउनुभएको छ। उहाँले विभिन्न क्षेत्रमा तालिम लिएका सहभागीलाई प्राप्त सीपको सदुपयोग गर्दै रोजगारी र स्वरोजगारतर्फ अघि बढ्न आग्रह गर्नुभयो । उहाँले अहिले पनि बजारमा दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै सीप भएका व्यक्तिलाई रोजगारीका अवसर स्वतः आउने धारणा व्यक्त गर्नुभयो ।

May be an image of one or more people and text that says "window 43100334 43100335 43100336 43100337 43100338 43100340 正 ድን"

शिक्षा समन्वय इकाइ प्रमुख भुमिलाल सुवेदीले प्राविधिक तथा व्यावहारिक शिक्षालाई “जीवन धान्ने शिक्षा” भएको बताउनुभएको छ। उहाँले मोटरगाडी तथा मोबाइल मर्मत, सिलाइ–बुनाइ, मन्टेसरी तथा इन्जिनियरिङ जस्ता सीपमूलक तालिमहरूले युवालाई रोजगारी र स्वरोजगारतर्फ अघि बढ्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । उहाँले यस्ता सीपमूलक शिक्षालाई पनि उच्च तहसम्म मान्यता दिइने भएकाले सिकाइलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

May be an image of one or more people and text that says "오구r windaw windoo ٧ dow w 15102940 15102941 151029412 43100341 43100342 43100334 43 43100335 43100336 43100337 43100338 43100340 re recode code 3-30-02 02 3- 30- धार्दिड Cont. धार्दिड..985216058 t.985121605B 9851216058"

नीलकण्ठ बहुप्राविधिक शिक्षालयका प्रन्सिपल नरेस बरालको अध्यक्षतामा भएको कार्यक्रममा, नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगाना, शिक्षा समन्वय इकाइका प्रमुख भुमिलाल सुवेदी, नीलकण्ठ वडा नं ८ का अध्यक्ष प्रकास कुमार श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल, धादिङका गुल्मपती डिएसपी माला आवा, वडा नं ४ का अध्यक्ष हरि बहादुर श्रेष्ठ लगायत तालिममा सहभागि र प्रशिक्षर्थीहरुको उपस्थिति रहेको थियो ।

May be an image of one or more people, table and suit

हाल शिक्षालयमा प्रमाणपत्र तह (डिप्लोमा) अन्तर्गत सिभिल इन्जिनियरिङ र अटोमोबाइल इन्जिनियरिङ विषयमा अध्ययन सञ्चालन हुँदै आएको छ। शिक्षालयले स्थानीय समुदायको आवश्यकता अनुसार छोटो अवधिका सीपमूलक तालिमहरू पनि सञ्चालन गर्दै आएको छ।
शिक्षालयले आगामी दिनमा २० जनाका लागि इलेक्ट्रिसियनसम्बन्धी नयाँ तालिम सञ्चालन गर्ने तयारी गरेको शिक्षालयका प्रिन्सिपल बरालले बताउनुभयो ।

May be an image of one or more people

प्राविधिक शिक्षाको आवश्यकता महसुस गर्दै नीलकण्ठ नगरपालिकाको पहलमा स्थापना गरिएको शिक्षालयले समुदायमा सीपमूलक शिक्षा विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँको भनाइ छ। बरालले संस्थाको स्थापना तथा सञ्चालनमा सहयोग गर्ने नगरपालिका, वडा कार्यालय तथा अन्य सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा भौतिक पूर्वाधार विस्तार गरी थप कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो ।

May be an image of one or more people, people studying and text

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धित थप
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

१७ घण्टा अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

१७ घण्टा अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

१८ घण्टा अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

२ दिन अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

२ दिन अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

३ दिन अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

४ दिन अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

४ दिन अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

४ दिन अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

४ दिन अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

४ दिन अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

४ दिन अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0