वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ, फागुन २५ गते ।
धादिङको नीलकण्ठ नगरपालिका–८ रामकोटमा युवालाई लक्षित गरी वारिष्टा तालिम सुरु गरिएको छ। नीलकण्ठ–८ स्थित अन्नत आशा नेपालद्वारा सञ्चालित आरोहण शिक्षालयमा ३९० घण्टा कार्यअवधिको उक्त तालिम सञ्चालन गरिएको हो।
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय गजुरी, धादिङको आयोजनामा सुरु गरिएको तालिम उद्घाटन समारोहमार्फत आइतबार औपचारिक रूपमा संचालन गरिएको हो।
“सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने नारासहित बागमती प्रदेशका युवाहरूलाई लक्षित गरी तालिम सुरु गरिएको आयोजकले जनाएको छ।
उद्घाटन कार्यक्रममा सिद्धिविनायक टेक्निकल इन्स्टिच्युट प्रा.लि.का अध्यक्ष केदार बास्तोला तथा कार्यक्रम संयोजक शोभा डंगोललगायतको उपस्थिति रहेको थियो।
तालिम सिद्धिविनायक टेक्निकल इन्स्टिच्युट प्रा.लि., कावासोती–३, नवलपुरले सञ्चालन गर्नेछ। ३९० घण्टासम्म चल्ने तालिममा सहभागी युवाहरूले कफी बनाउने सीपका साथै क्याफे सञ्चालनसम्बन्धी व्यावहारिक ज्ञान हासिल गर्नेछन्। तालिममा २० जना युवाको सहभागिता रहेको छ भने प्रशिक्षकका रूपमा प्रज्ज्वल कोइराला रहनुभएको छ ।
नीलकण्ठ नगरपालिका–८ का वडा अध्यक्ष प्रकाशकुमार श्रेष्ठले यस्ता सीपमूलक तालिमले युवाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउँदै आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार तालिमले युवाहरूलाई रोजगारीका अवसर सिर्जना गर्नुका साथै व्यवसायिक क्षेत्रमा अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ।



मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।