कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङबेशी । सिद्धलेक गाउँपालिकामा उपाध्यक्ष सबिता अर्यालको अध्यक्षतामा समन्वयात्मक कानूनी सचेतना तालिम सम्पन्न भएको छ। तालिममा घरेलु हिंसा, बालविवाह, अनमेल विवाह तथा अंशबण्डा जस्ता संवेदनशील विषयमा विस्तृत छलफल गरिएको थियो।
तालिमको सहजीकरण तोला कुमारी पाठकले गर्नुभएको थियो। उहाँले विभिन्न मुद्दाको व्यवस्थापन प्रक्रिया, न्यायिक समितिको भूमिका तथा कानुनी सहायता सम्बन्धी विषयमा सहभागीलाई जानकारी दिनुभएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य माया देवी शर्माले महिलामाथि हुने हिंसा र पीडितहरूको संघर्षका उदाहरण प्रस्तुत गर्दै कानूनी सचेतनाको महत्व औँल्याउनुभयो। उहाँले पीडितहरूलाई न्यायिक समितासँग सम्पर्क राख्न तथा अदालतमा उजुरी गर्ने प्रक्रिया बुझ्न प्रेरित गर्नुभयो।
उपाध्यक्ष अर्यालले कार्यक्रमको उद्देश्य पीडितलाई न्याय प्राप्तिका लागि सचेत बनाउनु रहेको बताउनुभयो। उहाँले महिलाहरूले आफूलाई अन्याय वा हिंसाबाट कसरी सुरक्षित राख्ने, मुद्दा दर्ता गर्ने प्रक्रिया, न्यायिक समितिको कार्यक्षेत्र र मेलमिलापका उपायबारे जानकारी लिन सक्ने उल्लेख गर्नुभयो। साथै, आगामी दिनमा गाउँपालिकाका सबै वडामा यस्ता तालिम सञ्चालन गर्ने योजना रहेको जानकारी पनि दिनुभयो।
गाउँपालिकामा हालसम्म ९७ वटा मुद्दा दर्ता भइसकेका छन्। तीमध्ये ३६ मुद्दा मेलमिलापबाट समाधान भएका छन् भने केही मुद्दा डिसमिस, केहीमा फैसला भइसकेको र १–२ मुद्दा अदालतमा विचाराधीन रहेको उपाध्यक्ष अर्यालले जानकारी दिनुभयो। सबै नागरिकको न्यायमा पहुँच सुनिश्चित गर्न गोप्यताका साथ मुद्दा समाधान गर्ने नीति अपनाइएको पनि उहाँले बताउनुभयो।
कार्यक्रममा गाउँपालिकाका सातै वडाबाट दलित महिला, लोपोन्मुख तथा पिछडिएका वर्गका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।