Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ६, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

बैदेशिक रोजगार सम्बन्धी मुद्दा जिल्लामै हेर्न कानुनी संशोधन आवश्यक : नगर प्रमुख ढुंगाना

नीलकण्ठ एफ.एम ३०३६ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष ३०, बुधबार (६ महिना अघि)
बैदेशिक रोजगार सम्बन्धी मुद्दा जिल्लामै हेर्न कानुनी संशोधन आवश्यक : नगर प्रमुख ढुंगाना

धादिङ, पुस ३० गते ।
नीलकण्ठ नगरपालिकाका नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले बैदेशिक रोजगार सम्बन्धी ठगीका मुद्दा जिल्लामै हेर्न सक्ने गरी कानुनी संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

नीलकण्ठ नगरपालिकाको आयोजनामा जिल्ला स्तरमा आयोजित सुरक्षित बैदेशिक रोजगार तथा बैदेशिक रोजगार ठगी सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख ढुंगानाले हालको कानुनी व्यवस्थाका कारण नागरिकहरूले अत्यधिक दुःख पाउनुपरेको बताउनुभयो ।

थोरै पैसाको ठगीमा समेत मुद्दा दायर गर्न काठमाडौँ जानुपर्ने बाध्यताले पीडितहरू थप समस्यामा परेको उहाँको भनाइ थियो । “बैदेशिक रोजगारसँग सम्बन्धित ठगीका घटनाहरू बढिरहेका छन् । यसलाई न्यूनीकरण गर्न जिल्लामै मुद्दा दर्ता र सुनुवाइ हुने कानुनी व्यवस्था आवश्यक छ,” उहाँले भन्नुभयो, “नागरिकहरूले न्याय पाउन सजिलो हुने वातावरण सिर्जना गर्न अब ढिलाइ गर्नु हुँदैन ।”

नगर प्रमुख ढुंगानाले बैदेशिक रोजगारमा जाने क्रममा तथा विदेशमा रहँदा नेपाली नागरिकहरूले अनेक समस्या खेप्नुपरेको उल्लेख गर्दै यसको समाधानका लागि संघ, प्रदेश र स्थानीय तह—तीनै तहका सरकारले विशेष प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

May be an image of studying and text

यसैगरी कार्यक्रममा जिल्ला न्यायाधिस मनकुमारी जिएम विकले बैदेशिक रोजगार सम्बन्धी मुद्दामा कानुन दिएको अधिकार प्रयोग गरेर न्युनीकण गर्नुपर्ने बताउनभयो । बैदेशिक रोजगारको ठगी सम्बन्धी मुद्दामा सबै पक्षका सरोकारवालाहरु मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

यसैगरी कार्यक्रममा विशेष अतिथी नगर उप प्रमुख दिपक विश्वकर्माले बैदेशिक रोजगारको ठगीमा कानुनी प्रक्रिया झन्झटिलो हुदा जनताहरुले दुख पाईरहेको बताउनुभयो । राज्य गम्भिर भएर लाग्नुपर्ने बेलामा बेदेशिक रोजगारको मुद्दाहरुमा सरकार गम्भिर नभएको आभास भएको बताउनुभयो।

नीलकण्ठ नगरपालिकाका मेयर तथा नेपाल नगर पालिकास संघका अध्यक्ष भीम प्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला न्यायाधिस मनकुमारी जिएम विकको प्रमुख आतिथ्यता रहेको थियो ।

नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल, जिल्ला न्यायाधिवक्त खेमराज काफ्ले, श्रेस्तेदार राजेन्द्र लुईटेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राममणी मिश्र, सामी कार्यक्रम प्रदेश संयोजक पुरुषोत्तम अधिकारी, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी कार्यालय, बार एसोसियसन लगायत सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा हेल्भेटासका प्रदेश कार्यक्रम संयोजक पुरुषोत्तम अधिकारीले बैदेशिक रोजगारको वर्तमान अवस्था, चुनौती र समस्याहरुको बारेमा सहजिकरण गर्नुभएको थियो ।

यसैगरी सामी कार्यक्रम जिल्ला समंयोजक दिनेश दुवाडीले बैदेशिक रोजगारको धादिङको अवस्था, ठगीको घट्नाको अवस्था र आप्रवासी स्रोत केन्द्रले गरेको कामहरु र ठगीका मुद्दामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँगको समन्वयको विषयमा सहजिकरण गर्नुभएको थियो ।

May be an image of table

कार्यक्रममा सहभागी सरोकारवालाहरूले पनि बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र ठगीमुक्त बनाउन कानुनी सुधार, प्रभावकारी अनुगमन र नागरिक सचेतना अभिवृद्धि आवश्यक रहेको धारणा राखेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

  • समाचार
    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0