वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ, ३१ असार ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–२, आपटारस्थित मलेखु–कान्द्राङगढी भित्री सडकखण्डबाट ठूलो परिमाणमा लागू औषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी ताल्तीबाट खटिएको संयुक्त टोलीले आज भारततर्फको गाडी जाँच गर्ने क्रममा उक्त लागू औषध फेला पारेको हो ।
भारतको बिहार राज्य, मोतिहारी जिल्ला, रक्सौल थाना अन्तर्गत नोईयाढिह–४, सहदेवाका ४५ वर्षीय सरहज मियाँले चलाएको गाडी चेकजाँच गर्दा शंकास्पद देखिएपछि खानतलासी गरिएको थियो।
सो क्रममा गाडीको सिटमुनी च्याँसिस भागमा फल्स बटम बनाई लुकाइछिपाई राखिएको अवस्थामा गाँजा जस्तो देखिने लागू औषध ३१ वटा पोका सहित १४३ किलो ८४० ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सुचना अधिकारी सुभास हमालले जानकारी दिनुभयो।
पक्राउ परेका मियाँलाई लागू औषध मुद्दामा आवश्यक अनुसन्धानका लागि धादिङ जिल्ला अदालतबाट १२ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |