रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङ, ११ असार ।
धादिङको गल्छी गाउँपालिका–१ छाङगेश्वर मन्दिर नजिकैको झोलुङ्गे पुलबाट एक महिला त्रिशूली नदीमा हामफाली बेपत्ता भएकी छन् ।
आज बिहान करिब ८ः४५ बजेको समयमा ५६ वर्षीया साईली गिरीले गल्छी गाउँपालिका वडा नं. १ र ८ जोड्ने झोलुङ्गे पुलबाट त्रिशूली नदीमा हामफालेकी हुन् भन्ने जानकारी प्राप्त भएको जिल्ला प्रहरी धादिङले जानकारी दिएको छ ।
घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी बैरेनीबाट प्रहरी सहायक निरीक्षक काशीराम बुढाको कमाण्डमा सात जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो । साथै, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब निरीक्षक सुरेन्द्र कुमार मण्डलको कमाण्डमा नौ जनाको टोलीसमेत उद्धारका लागि परिचालन गरिएको छ ।
¥याफ्टिङको सहयोगमा त्रिशूली नदीमा खोज तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायब उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |