नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
धादिङबेशी २६ जेष्ठ । सिद्धलेक गाउँपालिका वडा नं. ३ सलाङ वसन्तमा पालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सिद्धलेक गाउँपालिकाको आयोजना र बिन्दुकेशरा मिडिया प्रा.लिको समन्वयमा आ.व. २०८१।०८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख बक्ताको रुपमा गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, बिशेष बक्ताको रुपमा प्रमुख प्रशाशकीय अधिकृत राम प्रसाद शर्मा र बक्ताको रुपमा वडा अध्यक्ष ज्यूहरु,शाखा प्रमुख ज्यूहरु रहनु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले सार्वजनिक सुनुवाइको महत्व र उद्देश्यबारे प्रकाश पार्नु भएको थियो । उहाँले यस्ता कार्यक्रमले जनताको आवाज सुन्ने र उनीहरूको सरोकारलाई प्राथमिकतामा राख्न सहयोग सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपस्थित नागरिकहरूले सडक, शिक्षा, खानेपानी, स्वास्थ्य सेवा, कृषि लगायतका विविध विषयमा प्रश्न, गुनासो तथा सुझावहरू प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख बक्ता तथा गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, बिशेष बक्ता तथा प्रमुख प्रशाशकीय अधिकृत राम प्रसाद शर्मा,बक्ता देव बहादुर पुलामी तथा शाखा प्रमुखहरुले नागरिकहरुले उठाइएको सवालको जवाफ दिनु भएको थियो ।
प्रमुख बक्ता गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले सार्वजनिक सुनुवाईमा आएका सुझावहरुलाई आगामी दिनका क्रमश कार्यान्वयन गर्दै जाने र आगामी दिनमा यस किसिमको कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |