वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,२० पुस
धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा जनप्रतिनिधि,कर्मचारी तथा उपभोक्ता समितिका पदाधिकारीहरुको लागि आयोजित क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा सुरु भएको तालिम प्रत्येक वडामा गएर सन्चालन गरीएको प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले जानकारी दिनुभयो । शुक्रबार नेत्रावती डबजोङ गाउँपालिकाको वडा नम्बर ५ मा तालिम सम्पन्न भएसँगै पालकाको सम्पुर्ण वडामा कार्यक्रम सकिएको हो ।

गाउँपालिकाबाट हुने विकास निर्माणको कामलाई सरल र सहज रुपमा सम्पन्न गर्न र उपभोक्ता समितिहरुलाई समितिको काम,कर्तव्य,अधिकार र गाउँपालिकाको नीति नियमको बारेमा जानकारी गराउने उदेश्यले तालिम सन्चालन गरीएको हो । वडा नम्बर ५ का वडा अध्यक्ष हरि अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शाहले गाउँपालिकाको नीति नियम,उपभोक्ता समितिका काम कर्तव्य र अधिकार लगायत भुक्तानीको लागि आवश्यक पर्ने कागजपत्रको बारेमा जानकारी गराउनु भएको थियो । साथै उहाँले अनुगमनको प्रक्रियाको बारेमा समेत जानकारी गराउनु भएको थियो । यसैगरी कार्यक्रममा योजना शाखा प्रमुख सुमन श्रेष्ठ,प्राविधिक शाखा प्रमुख राजकुमार श्रेष्ठ लगायतले आ–आफ्नो विषयबस्तुमा रहेर सहजीकरण गर्नु भएको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।