बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेशी । पार्टी राम्रो भयो भने देश राम्रो हुने र समाज परिवर्तन र विकासका लागि नेपालमा पार्टी बलियो हुनुपर्ने नेकपा एमालेका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम प्रसाद लोहनीले बताउनुुभएको छ ।
नेकपा एमाले धादिङले विभाग र सल्लाहकारहरुको सपथ ग्रहण तथा अभिमूखिकरण कार्यक्रममा शुक्रबार समाज बदल्नका लागि नेकपा एमाले बलियो भयो भनेमात्र सम्भव हुने बताउनुुभएको हो ।
देशमा अहिले नकारात्मक संचार बढी भएकोले यसलाई सकारात्मकतर्फ अघि बढाउन र देशमा गरे धेरै गर्न सकिन्छ भन्ने उदाहरण गाउँमै काफी भएकोले सूचना र शिक्षा नागरिकलाई दिनका लागि लोहनीले आग्रह गर्नुभयो । एमाले बलियो भएकोले चौतर्फी आक्रमण भएको र देशी विदेशी प्रतिक्रियावादीहरुको इशारामा एमालेमाथी आक्रमण भएको लोहनीको भनाइ छ ।
नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले काग कराएर, कुकुर भुकेर हात्ती लम्किन नछाड्ने बताउँदै एमाले हात्ति लम्के जसरी अघि बढेर गन्तब्यमा पुुग्ने बताउनुुभयो । एमालेलाई कमजोर बनाउन सकियो भने समृद्धि पुरा नहुने भएकोले विदेशी ठहर बमोजिम केपि ओली र एमालेमाथीको आक्रमण यहाँको विकासको एजेण्डा रोक्न आक्रमण भएको बताउनुभयो ।
एमाले कार्यकर्ता विचल्लीत नहुन आग्रह गर्दै मुलुक मुलुक कमजोर पार्नका लागि एमालेमाथीको आक्रमण बढेको उहाँको भनाइ छ ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य रामप्रसाद अधिकारीले पार्टी कार्यकर्ताहरुलाई पार्टी निरन्तरताका लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटाले जनसंगठन र विभागहरुले पार्टी र विकासका लागि काम गर्नुपर्ने बताउनुुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |