Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १९, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई

धादिङमा पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलिदेखि सुरु

१३२३ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर ५, बुधबार (१ साल अघि)
धादिङमा पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलिदेखि सुरु

धादिङ,०५ मंसिर
धादिङमा मंसिर ६ गते आर्थात भोलि बिहिबारदेखि अन्तर पालिका महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिबल संघ धादिङले मंगलबार पत्रकार सम्मेलन गरि खेल तालिका (टाईसिट) सार्वजनिक गरेको हो ।

धादिङ जिल्ला भलिबल टिमका पूर्व कप्तान स्व.मनोज श्रेष्ठको स्मृतिमा गरेको महिला/पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।
जिल्लामा भलिबल खेलाडी उत्पादन गर्ने र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जिल्ला भलिबल संघ धादिङका अध्यक्ष तिलक गुरुङले बताउनुभयो ।

स्वर्गिय मनोज श्रेष्ठले जिल्लाको खेल क्षेत्रमा पुर्याएको योगदानलाई स्मरण गर्दै खेल जगतलाई अझै उचाईमा लैजाउनु पर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतासिंह तामाङले बताउनुभयो । श्रेष्ठलाई गुमाउनु पर्दा धादिङ जिल्लाको खेल जगतमा ठूलो क्षति व्यहोर्नु परेको छ । यस्ता प्रतियोगिताले श्रेष्ठ जस्तै राम्रा खेलाडी उत्पादन गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

मंसिर ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष तर्फ ११ टिम र महिलातर्फ ८ टिम रहेका छन् । जसअनुसार पुरुषमा रुवीभ्याली गाउँपालिका, खनियावास गाउँपालिका, लिङ्जो युवा क्लब, सिङ्गङ एकता समाज, नेत्रावति डबजोङ गाउँपालिका, गंगाजमुना गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका, निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका र गल्छी गाउँपालिका रहेका छन् ।

त्यस्तै महिला तर्फ गंगाजमुना गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका, निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, गल्छी गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका र केबलपुर हरिहर भोजकुमारी माध्यामिक विद्यालय थाक्रे रहेका छन् ।

पुरुष भलिबलमा प्रथम हुनेले नगद १ लाख १ हजार एक सय ११ सहित ट्रफि, मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार नगद ५५ हजार पाँच सय ५५ र सेमिफाइनलमा पुग्ने टिमहरुले रु.२०/२० हजार पाउने छन् ।

त्यस्तै महिला भलिबल तर्फ प्रथम हुनेले नगद ५५ हजार पाँच सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र, द्वितीय हुनेले ३० हजार तीन सय ३० र सेमिफाइनल पुग्ने टिमहरुले रु.१५/१५ हजार पाउने छन् । प्रतियोगितामा सहभागी खेलाडीहरुको विमा गरिएको आयोजकले बताएको छ । यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिब्रो र उत्कृष्ट कोचले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

धादिङको गंगाजमुना गाउँपालिका–४,गुम्दी घर भएका धादिङ भलिबल टिमका कप्तान श्रेष्ठको ०८० कात्तिक ९ गते सिद्धलेकको खिर्रेभञ्याङमा आयोजित भलिबल प्रतियोगिताकै समयमा निधन भएको थियो । टिपटप हेल्प नेपालबाट प्रधानमन्त्री कप एनभीए समेत खेलेका श्रेष्ठको कप्तानीमा धादिङले बागमती प्रदेश स्तरिय प्रतियोगिता समेत जितेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

  • राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

  • मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

  • आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

  • समाचार
    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0