धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,२४ कार्तिक
अन्तराष्ट्रिय धादिङ समाजले अपाङ्गता भएका व्यक्तिहरुलाई स्टेस्नरी सामाग्री सहयोग गरेको छ । शारिरीक अपाङ्गता भएका धादिङका १० वटा स्थानीय तहका व्यक्तिहरुलाई आज एक कार्यक्रमका बिच हस्तान्तरण गरीएको समाजका महासचिव बाबुकाजी भण्डारीले जानकारी दिनुभयो ।अपाङ्गता भएका परिवारलाई केहि राहत पुगोस भनेर सहयोग गरीएको समाजका अध्यक्ष राजन खकुरालले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।

प्रवासी धादिङ्गेहरुलाई एकत्रित गरी जिल्लालाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको संस्थाले स्वास्थ्य,शिक्षा,खेलकुद लगायतको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरीरहेको छ ।शनिवार एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिकाका रोजगार शाखा प्रमुख सम्झना भण्डारी र संस्थाका कोषाध्यक्ष रामकुमार थापाले स्टेस्नरी वितरण गर्नुभएको हो । सहभागीहरुलाई झोला र कपी सहयोग गरीएको छ । कार्यक्रममा वडा नम्बर ३ का वडा सदस्य सन्तोष थापा ,अपाङ्गता पुर्नस्थापना समाज धादिङका अध्यक्ष अश्विन लम्साल,कोषाध्यक्ष गर्भे बहादुर मिजार लगायतको सभागीता रहेको थियो । अन्तराष्ट्रिय धादिङ समाजले जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |