धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,२१ कात्तिक ।
धादिङ जिल्लामा रहेर पत्रकारिता गरिरहेका नारायण सिलवालले राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) को उपाध्यक्षमा उम्मेदवारि दिएका छन् । सिलवालले यहि कार्तिक २४ गते काठमाडौमा हुने राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) को २७ औं साधारण सभा तथा १३ औं अधिबेशनमा उपाध्यक्षमा उम्मेदवारि दिएका हुन् ।
२०६१ सालमा आँखु सन्देशबाट पत्रकारिता सुरु गरेका सिलवालले २०६४–०६९ सम्म जनमुक्तिमार्ग साप्ताहिक, २०६५–०६६ गोरखापत्र दैनिक, २०६६–०७३ रेडियो बिहानी र २०७३ देखि धादिङपोष्टको प्रधान–सम्पादकका रुपमा कार्यरत छन् ।
सिलवाल २०७३ मा राष्ट्रिय फोटो पत्रकार समूहको सदस्य बनेका थिए र २०७४ मा फोटो पत्रकार संघ धादिङको अध्यक्ष भए । जिल्ला अध्यक्षको रूपमा उनले फोटो पत्रकारिता तालिम, जिल्लास्तरीय फोटो प्रतियोगिता, पुराना फोटो पत्रकार र फोटोग्राफरलाई सम्मान र पुराना क्यामेराहरूको प्रदर्शनी जस्ता कार्यक्रमहरू सञ्चालन गरेका थिए।
सिलवाल २०७६ सालको भदौमा राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेशका अध्यक्ष बनेका थिए र २०७८ सालको पुस महिनामा पुनः बागमती प्रदेशको अध्यक्ष चयन भएका थिए। २०८० मंसिरमा भएको तेस्रो अधिवेशनबाट पनि उनी निर्विरोध अध्यक्षमा निर्वाचित भएका थिए ।
राष्ट्रिय स्तरको क्रियाशिल फोटो पत्रकारिता पुरस्कार जितिसकेका सिलवालले प्रदेश अध्यक्षको कार्यकाल नसकिँदै केन्द्रिय अधिवेशनमा उपाध्यक्ष पदको उम्मेदवारी दिएका हुन्।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |