ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङबेशी । बिद्यार्थीलाई प्रयोगात्मक परीक्षामा पटक पटक फेल गराउने पालुङटार नगरपालिकाको गोरखा बुहप्राविधिक शिक्षालयका प्रशिक्षक आशिष रानाभाटलाई तत्कालका लागि जागिरबाट निष्काशन गरिएको छ । घटनाबारे छानविन प्रतिवेदन नआएसम्म उनलाई जागिरबाट निष्काशन गर्ने निर्णय गरिएको बताइएको छ ।\
गोरखाका प्रमुख जिल्ला अधिकारी संयोजकत्वको शिक्षालय संचालक समितिको बैठकले छानविन प्रतिवेदन नआएसम्मका लागि रानाभाटलाई शिक्षालयको सबै जिम्मेवारीबाट हटाउन क्याम्पस व्यवस्थापन समितिलाई निर्देशन दिएको हो । हाल माथिबाट आएको सिटिइभिटीको टोलि र जिल्ला प्रशासन कार्यालय दुवैले यस घटनाको छानविन गरिरहेको छ । छानविन प्रतिवेदन आएपछि सोही अनुसार कारवाही प्रक्रिया अघि बढाउने गोरखाका प्रजिअले जानकारी दिनुभयो ।
शिक्षालयमा अध्ययनरत बिद्यार्थी श्यामहरी संग्रौलामाथि बदनियत राखी पटक पटक प्रयोगात्मक परिक्षामा फेल गराएको भन्दै प्रशिक्षक रानाभाटमाथि केही दिन अघि बिद्यार्थी समूहले शिक्षालय परिसरमा अभद्र व्यवहार गरेका थिए । रानाभाटलाई कारवाहीको माग गर्दै उनीहरुले शिक्षालयमा तालावन्दी समेत गरेका छन् । प्रशिक्षक रानाभाटले दिएको जाहेरीको आधारमा केही बिद्यार्थी बिरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ । सोही बिरोधमा नेपाल बिद्यार्थी संघले बिरोध प्रदर्शन समेत गरेको थियो । बिद्यार्थीबिरुद्धको मुद्दा फिर्ता र शिक्षकलाई कारवाहीको माग गर्दै उनीहरुले हरमटारीचोकमा बिरोध प्रदर्शन गरेका थिए ।
व्यक्तिगत इगो राखि बिद्यार्थीलाई प्रयोगात्मक परीक्षामा पटक पटक फेला गराउने शिक्षकलाई बिभागिय कारवाही गर्नुको सट्टा उल्टै बिद्यार्थीमाथि अभद्र व्यवहारको मुद्वा दर्ता गरिएको भन्दै नेविसंघले बिरोध जनाएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |