धादिङबेशी । प्रगतिशील लेखक संघ धादिङको अध्यक्षमा पुन : रमेश अधिकारी चयन भएका छन् । शुक्रबार धादिङबेसीमा सम्पन्न दोस्रो जिल्ला भेलाबाट अधिकारी दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् ।
संघको उपाध्यक्षमा सीताराम कोइराला, सचिवमा लालकाजी श्रेष्ठ, कोषाध्यक्षमा इन्द्र कुमारी ढकाल र सहसचिव माधव गुरुङ चयन भएका छन् । भेलाले सदस्यहरुमा उदय सामरी, बद्री अधिकारी, गायत्री खतिवडा र सिर्जना अर्याललाई चयन गरेको छ ।
भेलाले अन्य थप सदस्य कार्यसमितिको बैठकले विधान अनुसार थप गर्न कार्यसमितिलाई अधिकार प्रत्यायोजन समेत गरेको छ । सम्मेलनले उत्तम कँडेल, अमृत अधिकारी, नवराज छत्कुली, शालिग्राम अर्याल र ध्रुव बहादुर थापा सदस्य रहने गरी पाँच सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ ।
२००९ सालमा नेपालमा पहिलो पटक स्थापना भएको संघ धादिङमा २०७४ सालमा स्थापना भएको थियो । संघमा आवद्ध लेखकहरुले महिला शसक्तिकरण, मजदुर वर्गको हित, संगठन सुदृढीकरण, विचारमा कलात्मकता लगायतका विषयलाई प्राथमिकता दिएर कलम चलाउदै आएको प्रगतिशील लेखक संघ बामगती प्रदेश अध्यक्ष हरिप्रसाद सिलवालले बताउनुभयो ।
सम्मेलनको अवसर पारेर लेखक तथा बौद्धिक ब्यक्तित्व उत्तम कँडेल र इन्द्र कुमारी ढकाललाई प्रदेश समितिले सम्मान समेत गरेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |