ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङबेशी । महेन्द्र बाराहि माध्यमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्रयाकसुट बितरण गरिएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डिल बहादुर थापा मगरको सभापतित्व तथा नेत्रावती डवजोङ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष हरी अधिकारीको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई ट्रयाकसुट बितरण गरिएको हो ।
नर्सरी देखि कक्षा ६ सम्मका सम्पुर्ण बिद्यार्थीहरुलाई वडा नं ५ की गायिका शर्मिला तामाङले जम्मा एक लाख बार हजार बरावरको १०१ जोर ट्रयाकसुट प्रायोजन गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि अधिकारीले विद्यार्थीहरुलाई ट्रयाकसुट वितरणमा आफुले पनि पहल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै बिद्यालयका प्रधानाध्यापक ध्रुबराज घिमिरेले बिद्यालयको शैक्षिकस्तर उकास्नमा सबै सहयोगी हातहरुको उत्तिकै महत्व रहेकोले बिद्यालयमा स्वागत गर्न पाउनु विद्यालयको गर्वको कुरा भएको बताउनु भएको छ ।
सहयोगी दाता शर्मिला तामाङले आफुले अध्ययन गर्न नपाएपनि आजका विद्यार्थीले खुसी मनले अध्ययन गर्ने वातावरण वनाउन आफुले दुखले आर्जेको धन पुन्य कर्ममा खर्च गर्न पाएकोमा धन्य भएको वताउनुभयो । साथै आगामी दिनहरुमा पनि विद्यार्थीहरुको लागि सहयोगी मनहरुसँग पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य लगायत विद्यालय व्यवस्थापन समिति तथा शिक्षक संघका सदस्यहरुको उपस्थिति रहेको विद्यालयका शिक्षक नरेश पाण्डेयले नीलकण्ठ एफ.एम.लाई जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |