कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङबेशी । नीलकण्ठ नगरपालिका वडा नं १४ धुवाकोटमा रहेको श्री तमै रातमाटे माध्यामिक विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार विद्यालयमा सिकाइ आपुरण तथा दु्रत सिकाइ योजना कार्यन्वयन र शैक्षिक गुणस्तर बृद्धि सम्बन्धि अन्तरक्रिया गरिएको हो।
अन्तरक्रिया कार्यक्रममा वडा नं १४ का वडा अध्यक्ष नवराज दुवाडी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र शाह, शिक्षक अभिभावक संघका अध्यक्ष हरिशचन्द्र शाह, समाजसेवी बुद्धिलाल तामाङ, श्याम बहादुर शाह, वडा सदस्यहरु कमला तामाङ, गिता परिवार, सुर्य बहादुर तामाङ लगायत अभिभावक शिक्षकहरुको उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा सिकाइ स्तर पहिचान गर्नका लागि साधन र तरिकाहरु कसरी प्रयोग गर्ने, सिकाइ स्तरको अभिलेखीकरण विद्यार्थी वर्गीकरण र उपचारात्मक शिक्षण कसरी गर्न सकिन्छ भन्ने लगायत विद्यालयको शैक्षिक सुधारका विषयमा छलफल गरिएको सहायक प्रधानाध्यापक माधव पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा शिक्षक लगायत उपस्थित महानुभावहरुले विद्यालयको शैक्षिक गुणस्तरको निम्ति आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । साथै विद्यालयका प्रधानाध्यापक तोक जंह साहले विद्यालयको शैक्षिक गुुणस्तर बृद्धिका बारेमा १३ वटा बुदाँहरुमा छलफल गराउनु भएको थियो ।
त्यसैगरी कार्यक्रममा विद्यालयलाई आर्थिक सहयोग गर्नुहुने समाजसेवी बुद्धिलाल तामाङलाई सम्मान समेत गरिएको सहायक प्रधानाध्यापक पोखरेलले बताउनुभयो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।