धादिङबशी । धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर १ को वडा भवन आईतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलद्धारा भवन उद्वघाटन गरिएको हो ।
अहिले अधिकांस वडाको भवन निर्माण सम्पन्न भइसकेका छन् । ‘वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन सक्दैन,’ मुख्यमन्त्री जमकट्टेलले भन्नुभयो, ‘त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौं ।’ ‘व्यवस्थित वडा कार्यालय भवनहरु निर्माण भएका छन्, यसले कर्मचारी र सेवाग्राही सबैलाई सहज भएको छ ।’ भवनको उद्घाटनमा मुख्यमन्त्री जमकट्टेलले सेवा प्रवाहमा भवन निर्माणले महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । उहाँले नीलकण्ठ नगरको बिकासको निम्ति प्रदेश सरकार प्रतिबद्धत रहेको बताउँदै बाँकी बिकासका लहरमा प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयो ।
यसैक्रममा नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक बिस्वकर्माले प्रत्येक वडामा आफ्नै कार्यालय भवन निर्माण गरी सेवा दिने योजना अनुरूप कार्यालय भवन निर्माण गरिएको बताउनुभयो । सुविधा सम्पन्न भवन नहुँदा सेवाप्रवाहमा समस्या भएको भन्दै उप प्रमुख बिस्वकर्मा अब भवन निर्माणसँगै सेवा प्रवाह पनि सहज हुनेमा विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले भौतिक पूर्वधार निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा पनि प्राथमिकताका साथ काम गरेको उहाँको भनाई थियो ।
नीलकण्ठ न.पा वडा नम्बर १ का अध्यक्ष गणेश गुरुङको सभापतित्व सम्पन्न भएको कार्यक्रममा माओवादि केन्द्र धादिङका संयोजक मनराज भण्डारी ने.क.पा माओवादि नीलकण्ठ नगर समितीका अध्यक्ष शम्भु कुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |