कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङबेशी । त्रिपुरासुन्दरी मावि खरीको ६५ औँ बार्षिक उत्सव सम्पन्न भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिँह लामाको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका अध्यक्ष यमनाथ दनै र उपाध्यक्ष धर्म अर्यालको बिशेष आतिथ्यतामा बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम कै अवसर पारेर विद्यालयमा भारतिय दुतावासको सहयोगमा निर्माण गरिएको २४ कोठे भवनको समेत उद्घाटन गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिँह लामाले गुणस्तरिय र ब्यवहारिक शिक्षा प्रदान गर्न आफुहरु चिन्तीत भएर लागिरहेको बताउनु भएको छ । उहाँले शिक्षा क्षेत्रको बिकास र सुधारका निम्ति प्रदेश सरकार प्रतिवद्ध रहेको समेत बताउनु भयो ।
त्यसैगरी बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका बिशेष अतिथि तथा गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले आफ्नो कार्यकालमा जनताले महशुष हुने गरि शिक्षा क्षेत्रमा कार्यसम्पादन गरिने बताउनु भएको छ ।
कार्यक्रममा ज्वालामुखी गाउँपालिका वडा न ५ भित्रका आमा समुह र बिद्यालयमा अध्ययनरत बिद्याथीहरुको प्रस्तुतिका बिबिध सांस्कृति कार्यक्रम समेत सम्पन्न भएको छ । बिद्यालयले बार्षिक उत्सवको अवसर पारेर बिद्यालयमा कार्यरत शिक्षक तथा पुर्व शिक्षकहरुलाई सम्मान समेत गरेको छ । यसरी सम्मान हुनेहरुमा पुर्व प्रअ महेन्द्र दुवाडी,शिक्षक गोगन बहादुर राना,अधिकलाल मण्डल, पुर्व शिक्षक सोमनाथ पाठक लगाएतका रहेका छन् । कार्यक्रम कै अवसर पारेर बिद्याललय राष्टपति रनिङ खेलकुदका खेलाडी तथा बिभिन्न अक्षय कोष बाट बिभिन्न ब्यक्तहरुलाई सम्मान गरिएको थियो ।
बार्षिक उत्सवको अवसर मा बिद्यालयका प्रअ रमेश गुरुङले बिद्यालयको शैक्षिक अवस्थाको बारेमा जानकारी गराउनु भएको बिद्यालयका सुचना अधिकारी महेन्द्र दुवाडीले नीलकण्ठ एफ.एम.लाई जानकारी दिनु भयो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।