नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ, ०६ पौष ।
नीलकण्ठ बहुमुखी क्याम्पसका स्नातक तह प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत तथा चौथो वर्षका विद्यार्थीहरुलाई विदाइ साथै फेरि भेटौला कार्यक्रम गरिएको छ । शुक्रबार स्वतन्त्र विद्यार्थी युनियन नीलकण्ठ बहुमुखी क्याम्पसको आयोजनामा विद्यार्थीहरुलाई स्वागत तथा विदाइ कार्यक्रम गरिएको हो ।
स्वागत तथा विदाइ कार्यक्रमलाइ सम्बोधन गर्नुहुँदै नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले स्वदेशमा रोजगारी सिर्जना गर्नको लागि लनशिल र अनुशासित भएर पढ्न आग्रह गर्नुभएको छ ।
देशको लागि केहि गर्छु भन्ने भावना राखेर अघि बढ्न समेत विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । विद्यार्थीहरुको शैक्षिक सुधार र गुणस्तरिय शिक्षाको लागि नगरपालिकाले सहयोग गर्ने मेयर ढुंगानाले बताउनुभएको छ ।
कार्यक्रमकै अवसरमा पारेर “आर्थिक कारणले पाठ्यपुस्तक किन्न नसक्ने विद्यार्थीहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले “ आफूले प्रयोग गरिसकेको नयाँ तथा पुराना पाठ्यपुस्तक संकलन गर्ने अभियानको सुरुवात गरिएको स्ववियुका अध्यक्ष कविराज श्रेष्ठले बताउनुभयो । श्रेष्ठले स्वास्थ्य सँगसँगै शिक्षाको पनि बिमा कार्यक्रम हुन आवश्यक रहेको बताउनुभएको छ ।
स्ववियु नीलकण्ठ बहुमुखी क्याम्पसका अध्यक्ष कविराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नगरपालिका संघका केन्द्रिय सल्लाहाकार सरोज अधिकारी,स्ववियुका पुर्व अध्यक्ष तथा नीलकण्ठ नगरपालिका–१० का वडा अध्यक्ष सरोज पाण्डे तथा पुर्व विद्यार्थी समाजको अध्यक्ष एंव नेपाली कांग्रेस महाधिवेश प्रतिनिधि नरेन्द्र भटको विषेश आतिथ्यता रहेको कार्यक्रममा शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |