कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
नेत्रावती डवजोङ समाचारदाता । धादिङको नेत्रावती डवजोङ गाउँपालिका वडा नं. १ मा अवस्थित निमार्चोक आधारभूत बिद्यालयका ८५ जना बिद्यार्थीहरुलाई निशुल्क बिद्यालय पोषाक बितरण गरीएको छ ।
ट्रयाक सुट र भेष्ट सहितको पोषाक बिहिबार एक कार्यक्रमकाबीच स्थानिय समाजसेवी निरञ्जना मा.बिका पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा दिब्यदर्शन टेलिभिजनका प्रबन्ध निर्देशक उत्तम कुमार अधिकारी र उहाँकी धर्मपत्नि लक्ष्मी अधिकारीको आर्थिक सहयोगमा बिद्यार्थीहरुलाई पोसाक बितरण गरिएको हो ।
आफ्नो गाउँको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यार्थीहरुलाई नियमित बिद्यालय उपस्थित हुन प्रोत्साहन गर्ने उद्देश्यले बिद्यालयमा नै पुगेर समाजसेवी दम्पतीले उक्त सहयोग गर्नु भएको हो । पोशाककै कारण विद्यालय गयल हुने समस्या हटोस् भन्ने हाम्रो अभिप्राय हो, समाजसेवी दम्पतीको भनाई छ ।
लामो समयदेखि शैक्षिक क्षेत्रमा योगदान पु¥याउदै आउनुभएको उत्तम अधिकारीले आफनो स्वर्गिय मातापिताको नाममा चन्द्र बहादुर बुनादेवी अक्षयकोष स्थापना गरी बिभिन्न बिद्यालयका विपन्न र जेहेनदार बिद्यार्थीहरुलाई नि ःशुल्क बिद्यालय पोषाक वितरण लगायत आर्थिक सहयोग समेत गर्दै आउनुभएको छ ।
निशुल्क विद्यालय पोशाक बितरण कार्यक्रममा नेत्रावती डवजोङ गाउपालिकाका प्रवक्ता तथा वडा न १ का वडा अध्यक्ष ठाकुर गुरुङ,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लगाएतको आतिथ्यता रहेको थियो । बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु निशुल्क रुपमा पोसाक पाएपछि खुसी भएका छन् ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।