नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
धादिङ,२९ भाद्र ।
आज ५९ औं राष्ट्रिय बाल दिवस धादिङ सहित देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ देशैभर बाल दिवस मनाइएको हो ।
दिवसको अवसरमा धादिङको नीलकण्ठ नगरपालिका–८ साँघुटारमा रहेको रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना बाल बचतकर्ताहरुलाई स्टेशनरी सामग्री वितरण कार्यक्रम शुभारंब गरेको छ ।
सहकारीले आज शुक्रबारदेखि असोज ५ गते सम्म (कार्यालय समय र बिदाका दिन बाहेक) बाल बचतकर्ताहरुलाई स्टेशनरी सामग्री वितरण गर्ने जनाएको छ ।
बाल बचतकर्ता स्वयम् वा सम्बन्धित अविभावक पासवुक सहित आएर स्टेशनरी सामग्री संस्थाको प्रधान कार्यालय नीलकण्ठ ८, साँघुटार र सेवाकेन्द्र कार्यालय, नीलकण्ठ ८, रामकोट हटियामा बुझिलिन सम्पूर्ण बाल बचतकर्ता एवं अविभावक सदस्यहरुलाई सहकारीले अनुरोध गरेकोे छ ।
संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको स्टेशनरी सामग्री वितरण कार्यक्रममा निलकण्ठ– ८ का वडा अध्यक्ष एवं रामकोट सहकारीका सल्लाहकार प्रकाश श्रेष्ठको विषेश आतिथ्य रहेको थियो । त्यसैगरी कार्यक्रममा संचालक समिति,लेखा सुपरिवेक्षण समिती,उप समितिका पधाधिकारीहरु, संस्थाका कर्मचारीहरु, सदस्यहरु र बालबचकर्ताहरुको उपस्तिथी रहेको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |